साताको पहिलो दिन आइतबार सुनको मुल्य अघिल्लो दिनको तुलनामा केह मात्रामा बढेको छ ।

शुक्रवार डेढ महिनायताकै सस्तोमा कारोबार भएको सुनको मुल्य आज तोलामा ३ सय रुपैंयाले बढेको हो ।

अघिल्लो दिन अर्थात शुक्रवार तोलाको ९४ हजारमा कारोबार भएको छापावाल सुनको मुल्य आज ९४ हजार ३ सयमा कारोबार भैरहेको छ भने तेजावी सुन ९३ हजार ८ सय मा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यबसायी महासङ्घले जनाएको छ ।

शनिबार सुनको नयाँ मुल्य कायम नहुने भएकाले शुक्रबार कायम भएको मुल्यमा नै शनिबार पनि कारोबार हुने गरेको छ ।

सुनको मुल्य बढ्दा चाँदीको मुल्य भने स्थिर रहेको छ ।

शुक्रवार तोलाको १ हजार २१० मा कारोबार भएको चाँदीको मुल्य आज पनि सोही मुल्यमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस