बाबा सरि, तर मलाई का’यर नसम्झनु होला

एजेन्सी । भारतको उत्तर प्रदेशको प्रतापगढ़मा एक छात्रले देह त्याग गरेका छन् । उनी आईटीआईका छात्र हुन् । खबरका अनुसार उनी रो’गी थिए । उनले आफैलाई सकेको खबर पाउनासाथ प्रहरी उक्त घटना स्थलमा पुगेको थियो । घटनाको कारणबारे प्रहरीले छानबीन गरिरहेको छ ।

खबरका अनुसार लालगंज कोतवालीको बेलहा गाउँमा जोखूलाल वर्माका २० वर्षीय छोरा धीरेन्द्र प्रतापगढ़मा आईटीआईका छात्र थिए । उनी शनिवारको छुट्टीमा गाउँ गएका थिए । सोही दिन साझँ धिरेन्द्रले आफु बसेको कोठाको ढो’का बन्द गरे । र कपडाको सा’हाराले उनले आफुलाई सकेका हुन् । आमाले छोरालाई खाना दिन जाँदा छोरालाई त्यस्तो अवस्थामा देखेर उनि मु’र्छित परिन ।

आमाले छोरालाई खाना दिन जाँदा खानाकोलागी बोलाएपछि छोराले ढो’का खोलेनन् । निकैबेर ढो’का नखोलेपछि उनी आ’त्ति’ईन् । त्यसमाथि पनि भित्रबाट ढोका नखोलिएपछि त झनै आ’त्ति’ई’न् । र उनले कोठाको झ्यालबाट हेर्दा छोरा ‘झु’ ‘ण्डि’ ए’को देखेपछि उनि बे’हो’स भईन । उनको ए’क्कासी क’रा’उन थालेपछि उनका छिमेकीहरु आएपछि धिरेन्द्रलाइ त्यस्तो अवस्थामा देखे ।

पुलिसलाई धिरेन्द्रको नो’ट मिलेको छ । उक्त नो’टमा मृतक छात्रले देह त्यागको कारण गाउँकै हीरा सिंह र उनका साला भीषम सिंह भएको बताएका छन् । उनीहरुले आफुलाई निकै नै दु:ख दिएको कारणले उनले देहत्याग गरेको बताएका छन् । नोट तल पढ्नुहोस

यो पनि : बेलायती प्रधानमन्त्रीद्वारा सामुहिक कोभिड–१९ परीक्षणको घोषणा

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको सामुहिक परीक्षण गर्ने योजना घोषणा गर्नुभएको छ ।कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएकोजस्तो देखिएका क्षेत्रलाई केन्द्रित गरेर आम परीक्षण गरिने उहाँले सोमबार घोषणा गर्नुभएको हो ।

सरकारको ‘कोभिड विन्टर प्लान’ अन्तर्गत सेनाको सहयोगमा परीक्षणलाई व्यापक बनाइन लागिएको पनि उहाँले जानकारी दिनुभयो ।

अत्यधिक धेरै कोरोना सङ्क्रमितहरु रहेको लिभरपुलमा यसै महिना व्यापक परीक्षण गरिएको र कोरोनाभाइरसको सङ्क्रमण न्युनिकरण गर्न सफलता मिलेपछि प्रधानमन्त्री जोनसोनले यस्तो घोषणा गर्नु भएको हो ।

देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सहरमा सरकारले कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबैलाई दैनिकरूपमा परीक्षण गराउने र सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई तत्काल ‘क्वारेन्टाइन’मा पठाउने योजना बनाएको उहाँले बताउनुभयो ।

यो अभियान र प्रयोग सफल र प्रभावकारी भएमा देशव्यापी बनाउने योजना रहेको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले जनाएको छ । यस्तो अभियान जनवरीदेखि देशव्यापी हुनसक्ने बताइएको छ ।

त्यसैगरी सरकारले घरमै रहेकाहरुलाई हेरचाह गर्ने मापदण्ड पनि नयाँ बनाउने अधिकारीहरुले जानकारी दिएका छन् ।

अस्ट्राजेनिका/अक्सफोर्डको कोभिड–१९ खोप ७० प्रतिशत सफल

बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ ।

शुरुमा निकै उत्साहजनक नतिजा ल्याएको भन्दै प्रचारप्रसार गरिएको उक्त खोपको तेस्रो चरणको परीक्षणको तथ्याँक विश्लेषण गर्दा यस्तो भेटिएको हो ।

अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिओटले एक वक्तव्य जारी गर्दैै कोभिड–१९ विरुद्धको यस खोप पनि निकै प्रभावकारी तथा सुरक्षित रहेको बताउनुभयो ।

अस्ट्राजेनिकाका खोपको तथ्याँक विश्लेषण गर्दा यो ६२ देखि ९० प्रतिशत सफल रहेको पनि कम्पनीले जनाएको छ ।

अमेरिकी खोप निर्माता कम्पनीहरु फाइजर र मोडर्नाले तयार पारेका खोपहरु ९० प्रतिशतभन्दा बढी सफल रहेका थिए । फाइजर र मोडर्नाका तुलनामा अस्ट्राजेनिकाले तयार पारेको खोपको प्रभाव निकै कम रहेको छ ।

अस्ट्राजेनिकाले आफ्ना खोपहरु वितरणका लागि विभिन्न देशका नियामक निकायहरु समक्ष औपचारिक अनुरोध गर्ने जनाएको छ । साथै विश्व स्वास्थ्य संगठन समक्ष पनि न्यून आय भएका मुलुकमा वितरणका लागि आफ्नो खोपलाई सूचीकृत गर्ने तयारी अस्ट्राजेनिकाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस