गर्लफ्रेण्ड भेट्न जाँदा केटीको परिवारले रातभरी कुटे, बिहान ज्वाइँ बनाए

काठमाडौं। रातको समयमा प्रेमिका भेट्न गएका एक युवकलाई प्रेमिकाको परिवारले रातको समयमै फेला पारे । त्यसपछि उनीहरुले युवकलाई एउटा कोठामा बन्द गरे । छिमेकीहरु समेत मिलेर युवकलाई रातभरी कुटे । बिहान युवकलाई पुलिसको जिम्मा लगाइयो । तर, पुलिस केस भएमा केटीका माइती पक्षका व्यक्तिहरुसमेत फस्ने देखिएपछि केही व्यक्तिहरुले युवकसँग केटीको परिवारको सम्झौता गराइदिए । अन्ततः रातभरी कुटाइ खाएका युवक बिहान त्यो परिवारको ज्वाइँ बने ।

हिन्दूस्तान दैनिकका अनुसार यो घटना उत्तर प्रदेशको रामपुरको हो । यहाँको मेहंदी नगर सुमाली बस्ने लक्ष्मीसँग गद्दी नगली गाउँमा प्रेम सिंहको प्रेम थियो । प्रेमी पैमिकालाई भेट्न आइरहन्थे । युवक बिहीबार राती पनि करिब १२ बजे प्रेमिकालाई भेट्न उनको घर पुगे । प्रेमिकाका परिजनले आवाज सुनेपछि सतर्क भए । उनीहरुले लुकेर चुपचाप हेर्दा आफ्नी छोरी र प्रेम सिंहको क्रियाकलाप देखेपछि उनीहरुले प्रेमीलाई समातेर कोठामा थुने । हल्ला भएपछि छिमेकीहरु पनि आए र युवकलाई कुट्न थाले ।

बिहान पुलिसलाई सूचना दिइयो । सूचना पाएपछि पुलिसले घटनास्थल गएर युवकलाई थानामा लिएर आयो । मुद्दा चल्ने डरले गाउँका अगुवाहरुले सम्झौता गराउने प्रयास सुरु गरे । करिब ५ घण्टाको छलफलपछि दुवै परिवार बिहेको लागि तयार भए । हतारहतार पण्डित बोलाइयो र भाजपा नेता डा. रुप बसन्तको रोहवरमा बिहे गराइयो । बेलुकी उनीस्हरुको विवाह प्रक्रिया पूरा भयो । रातभरी प्रेमिकाको घरमा कुटाइ खाएका युवक भोलिपल्ट त्यही घरका घरज्वाइँ बने ।

प्रतिक्रिया दिनुहोस