२०२१ मा धमकेदार भुमिकामा अभिनय गर्न तम्तयार रहेका यी चर्चित स्टार किड !

बलिउडमा स्टार किड्सको प्रवेश कुनै नयाँ कुरा होइन । पछिल्लो दुई वर्षमा ईशान खट्टर, सारा अली खान, जान्हवी कपूर र अनन्या पाण्डे जस्ता स्टार किडले डेब्यू गरिसकेका छन् । यही क्रममा अब नयाँ स्टार किड्स पनि बलिउडमा पाइला चाल्नका लागि तम्तयार छन् । सञ्चारमाध्यममा आएका समाचारलाई मान्ने हो भने शाहरुख खानकी छोरी सुहाना खानदेखि लिएर सुनिल सेठ्ठीका छोरा अहान सेठ्ठीसम्म आधा दर्जन स्टार किड्स तयारी अवस्थामा छन् ।

लण्डनको आर्डिगली कलेजबाट ग्रेजुएसन गरेपछि हाल सुहाना खान न्यूयोर्क युनिभर्सिटीबाट पढाई अगाडि बढाइरहेकी छन् । सुहाना हालै मात्र एक सर्ट फिल्म ‘द ग्रे पार्ट अफ ब्ल्यू’मा देखिएकी थिइन् । यो फिल्मलाई उनकै कक्षाका एक साथीले छायांकन गरेका थिए । आफ्नो पढाई पुरा गर्नासाथ सुहानाले बलिउड यात्रा शुरु गर्ने बताइएको छ ।

अभिनेता सञ्जय कपूरकी छोरी शनाया कपूरको बलिउड प्रवेशको अनुमानले अहिले बजार तताएको छ । गत वर्ष शनायाको मिल्ने साथी अनन्या पाण्डेले बलिउडमा डेब्यू गरेकी थिइन् ।

शनायाले हालै मात्र आफ्नो भान्जी जान्हवी कपूरको फिल्म ‘गुन्जन सक्सेना’मा सहायक निर्देशकका रुपमा बलिउडमा डेब्यू गरेकी थिइन् । शनाया अभिनेत्री बन्न चाहन्छिन् । त्यहीकारण उनी चाँडै नै ठूलो पर्दामा आउने तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस