सुनको भाउ आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु २ सयले घटेर प्रतितोला ९१ हजार ३ सयमा नै कारोबार भइरहेको छ ।

यसअघि बिहिबार छापावाला सुन तोलाको रु ९१ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ८ सयमा कायम भएको छ ।

त्यसैगरी शुक्रबार चाँदीको मुल्य पनि तोलामा रु १० ले घटेर प्रतितोला ११ सय ६५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस