नेपाली बजारमा सुनकाे मूल्यले ओरालाे यात्रा तय

काठमाडौँ,साताकाे पहिलाे दिन आज (आइतबार) नेपाली बजारमा सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । आइतबार सुनकाे मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतिताेला ९० हजार ७ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ६ सय रूपैयाँले नै घटेर प्रतितोला ९० हजार २ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, आइतबार चाँदीकाे मूल्य पनि ताेलाकाे १५ रुपैयाँले घटेर प्रतिताेला एक हजार एक सय ५० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

यो पनि पढ्नुहोस:

त्रिशूली,नुवाकोटको विदुर नगरपालिका-८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दुक लिएर जङ्गलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने १ सय ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरेर कारबाही अघि बढाउन लागिएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ गाउँपालिका–३ बस्ने २७ वर्षीय रवीन तामाङ, २८ वर्षीय अमर तामाङसहित १७ वर्षीय दुई र १५ वर्षीय एक किशोर रहेका छन् । उनीहरुले बन्दुक प्रयोग गरेर लामो समयदेखि सिकार गर्नेहरुको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीको टोलीले जङ्गलबाट रङ्गेहात पक्राउ गर्न सफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस