‘सुहाग रात’ कै दिन श्रीमती संगीताले गरिन यस्तो हर्कत, श्रीमान पुगे प्रहरीकोमा !

कहिलेकाहीँ अनौठा घटना हुन्छन्, जसलाई हामीले पत्याउन पनि मुस्किल हुन्छ । नेपालसँगै सिमाना जोडिएको भारतीय राज्य बिहारस्थित भभुआ शहरमा यस्तै एउटा रोचक घटना भएको छ । यो सहरमा एकजना बेहुली सुहागरातकै दिन बेहुलाको घरबाट सबै सामान लुटेर फरार भएकी छन् । सुहागरातकै दिन आफ्ना नयाँ पतिको घर रित्याउने बेहुलीको नाम हो संगीता । उनका आमा-बाबु छैनन्, उनी एउटा नातेदारकहाँ बस्दै आएकी थिइन् ।

पीडित पक्षका अनुसार बुहारी बनाएर ल्याइएकी युवतीले गहना र नगद तथा घरका अन्य सामान लिएर फरार भएकी हुन् । जानकारी अनुसार शिला देवीका ४० वर्षीय छोरा पंकज कुमारको बिहे २५ वर्षीया संगीता कुमारीसँग भएको थियो । दुवैको बिहे धुमधामसँग एउटा मन्दिरमा भएको थियो ।

बिहेपछि संगीता नवदुलाहासँगै नयाँ घरमा पुगिन् । सुहागरातका लागि पंकज र संगीताको कोठालाई फूलले पनि सजाइयो । तर लुटेरा बेहुलीको योजना अर्कै थियो । उनले बहाना बनाएर पतिसँग सुत्न इन्कार गरेर अर्कै कोठामा सुतिन् । भोलिपल्ट जब पंकज र उनका परिवारका सदस्यको निद्रा खुल्यो तब बेहुली करिब १ लाख ९० हजारको गहना र ३६ हजार रुपैयाँ नगदसहित फरार भइसकेकी थिइन् ।

यो घटना सार्वजनिक भएपछि पंकजको घरमा हंगामा भयो । त्यसपछि पीडित पक्षले लमीलाई बोलाएर फरार बेहुली उपस्थित गराउन चेतावनी दिएका छन् । संगीताको बिहेका लागि लमीको काम गरेका व्यक्तिले पंकजका परिवारलाई फरार बेहुलीलाई २ देखि ४ दिनमा ल्याउने आश्वासन दिएका थिए ।

तर फरार दुलही फिर्ता नआएपछि पीडित परिवारले लमी र दुलहीविरुद्ध पुलिसमा जाहेरी दिएका छन् । लमी पनि ती युवतीका नातेदार भएको खुलेको छ। अहिलेसम्म बेहुली फरार छिन् भने पुलिसले यो मामिलाको जाँच गरिरहेको छ ।

यो पनि पढ्नुहोस : अचम्मको विवाह : १७ मिनेटमै विवाह सक्काएर दुलही भित्र्याए

विवाहको कार्यक्रम धेरै दिनसम्म चल्ने गर्छ । विधि कर्म सम्पन्न गर्न मात्रै पनि घण्टौं लाग्ने गर्छ । तर एक विवाह जुन १७ मिनेटमा सक्काएर दुलहीलाई घर समेत भित्र्याउन भ्याए एक युवकले ।

राजस्थानमा भएको उक्त विवाह कार्यक्रम केवल १७ मिनेटमा पूरा भएको थियो । आइतवार राजस्थानको भाण्डारेजमा भएको विवाहमा थुप्रै पाहुनाहरु उपस्थित थिए । तर पाहुनाको खानपिनको भने कुनै व्यवस्था गरिएको थिएन । विवाहमा कुनै मण्डप बनाइएको थिएन ।

मिडिया रिपोर्टका अनुसार विवाह सन्त रामपालका अनुयायीको थियो । दुलहाको नाम मातादीन दास र दुलहीको नाम सुमन सैनी थियो ।
विवाह कार्यक्रममा उपस्थित सयौंमानिसका बीच उनीहरुले पंथ परम्परा अनुसार विवाह गरिएको थियो ।

विवाहमा कुनै प्रकारका बाजा बजाइएको थिएन । १७ मिनेटमा विवाह सकाएर उनले दुलहीलाई घर भित्र्याएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस