एक लोग्नेको तीन श्रीमतीहरु एउटै घरमा यसरी मिलेर बस्छन् हेर्नुहोस्

तपाईँलाई सुन्दा पनि अचम्म लाग्न सक्ला एक श्रीमानका तीन श्रीमतीहरु एउटै घरमा मिलेर बस्छन् । न्यु जर्सीमा रहेका एक व्यक्तिको घरमा तीनजना श्रीमती श्रीमानसँग मिलेर बस्छन् ।

प्राय एक श्रीमतीसँग पनि सम्बन्ध राम्रो नहुने अवस्था सिर्जना हुने गरेको ठाउँमा यी व्यक्तिले भने आफ्नी तीनवटी श्रीमतीलाई मिलाएर सँगै राख्न सकेर सबैलाई आश्चर्यमा पारेका छन् ।

वेनसा हसल नाम गरेकी महिलाको पति तथा उनका बच्चाहरुसँग सम्बन्ध एकाएक बिग्रिएको थियो । टुटेकी बेनिसामा सानो आस थियो एक पटक फेरि पतिसँगको सम्बन्ध राम्रो बनोस । उनको आशा पुरा भयो ।बेनिसा र पाली टुटेको सम्बन्ध एक पटक फेरि सुमुधुर बन्यो । त्यतिजेन्लसम्ममा पालीको जीवनमा दुई युवतीहरुको आगमन भइसकेको थियो । हैजल, २७ वर्षकी युवती तथा लेडी नाम गरेकी २५ वर्षकी युवती ।

यथार्थ बुझिसकेपछि बेनिसाले उनीहरुसँगै रहने निर्णय गरिन् । उनी अब पति तथा उनका दुई श्रीमतीसँग निकै खुसीका साथ बस्दै आइरहेकी छिन् । यहाँसम्मकी उनीहरू एक अर्कालाई आफ्नो अतिमिल्ने साथीको रूपमा बताउँछन् ।

मेल अनलाइनका अनुसार यसरी फोरसम परिवार भएको हो । उनीहरू नियमित रूपमा डिनर डेटमा जाने गर्छन् । यहाँ सम्मकी उनीहरू सँगै सुत्छन् । जिम जानेदेखि हरेक काम उनीहरू मिलेर गर्छन् । पालीले आफ्ना तीन श्रीमतीका लागि सिस्टर वाइभ्स नाम गरेको टिर्सट उपहार दिएका छन् ।

उनीहरू उक्त टिसर्ट लगाएर बाहिर विभिन्न कार्यक्र ममा समेत जाने गरेका छन् । तीनवटै श्रीमतीले पालीको अनुहारको टाटु आफ्नो शरीरमा खोपेका छन् ।एजेन्सी ।

प्रतिक्रिया दिनुहोस