पत्याउन हुन्छ ? आज पनि अचम्मित पार्ने किसिमले घट्यो सुनको मूल्य !

काठमाडौँ । सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ७ सयले घटेर प्रतितोला ९० हजारमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको रु ९० हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ५५० कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस