कार्डको मूल्य नै झन्डै पाँच लाख रूपैयाँ, भारतीय धनाढ्य मुकेश अम्बानीले छोरीको विवाहमा आउन पठाएको निम्तो आखिर कार्ड भित्र के छ त्यस्तो ?

एजेन्सी कार्डको मूल्य नै झन्डै पाँच लाख| यो वर्षको विवाह पञ्चमीमा भारतीय धनाढ्य मुकेश अम्बानीकी छोरीको विवाह पनि हुँदैछ। तर ईशा अम्बानी र आनन्द पिरामलको यो जोडीको चर्चा विवाहपहिल्यै नै चुलिएको छ। उनीहरूको विवाहका लागि पठाएको निम्तो कार्डको तस्बिर र भिडियो भाइरल बनेको छ।

भारतीय दैनिक हिन्दुस्तान टाइम्सका अनुसार अम्बानीले छोरीको विवाहमा आउन पठाएको निम्तो कार्डको मूल्य नै झन्डै पाँच लाख रूपैयाँ , तीन लाख भारू पर्छ।

डायरीजस्तो निमन्त्रणा कार्डको सुरूमै दुबैका नामको पहिलो अक्षर आईए लेखिएको छ। भित्र पवित्र मन्त्रहरू, बेहुला र बेहुलीका हजुरआमाका लागि लेखिएका पंक्ति पनि समावेश छ। बाबुआमाका तर्फबाट छुट्टै र दुलहादुलहीका तर्फबाट छुट्टै निमन्त्रणा र विवाह समारोहका विभिन्न कार्यक्रमको समय तालिका छ।

कार्डभित्र एउटा सुनौलो अक्षरमा बुट्टा भरिएको बाकस छ जसलाई खोल्नासाथ गायत्री मन्त्र बज्न सुरू हुन्छ। कार्डमा अरू साना चार वटा बाकस पनि छन्। तिनमा रत्नजडित हार र सुनौलो फ्रेममा देवीदेउताका तस्बिर छन्।

प्रतिक्रिया दिनुहोस