फोटो शेयर गरेर करोडौं कमाउँछिन् यी सुन्दरी

एजेन्सी । रोमानियाकी सुन्दरी एन्ड्रिया एबेली सामाजिक सञ्जाल इन्स्टाग्रामकी स्टार हुन् । चर्चित मोडल एन्ड्रियाले वार्षिक करोडौँ कमाउने गरेकी छिन् ।

३५ बर्षीया यी सुन्दरीको कमाउने माध्यम भनेको सामाजिक सञ्जाल नै हो । सामाजिक सञ्जालमा फोटो शेयर गरेर नै यीनले वार्षिक करोडौँ कमाउछिन् ।

उनले प्लास्टिक सर्जरी गरेर नितम्ब ठूलो बनाएकी छिन् । आकर्षक नितम्बका तस्बिर इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको उनी बताउँछिन्।

हरेक इन्स्टाग्राम पोस्टमा उनले ४ सय १० पाउन्डदेखि ४ हजार १ सय पाउन्डसम्म कमाउने गरेकी छिन्।

इन्स्टाग्राममा यीनलाई ३१ लाखभन्दा बढीले फलो गरेका छन्।

उनी भन्छिन्, ‘मैले प्लास्टिक सर्जरी गरेर नितम्ब ठूला र आकर्षक बनाएकी हुँ, यो कुरा मैले कसैसँग लुकाएकी छैन। मेरो इमानदारीले मलाई लाखौँ प्रशंसक दिलाएको छ।

यौनाकर्षण र हाँसीमजाकलाई मिलाएर इन्स्टाग्राममा मनोरञ्जक सामग्री शेयर गर्ने गरेको उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस