४० वर्षका युवक १ वर्षमा २३ सन्तानको पिता बनेपछि अनुसन्धानको घेरामा

काठमाडौं। एक युवक एक वर्षमा २३ सन्तानको जैविक पिता बने । अस्ट्रेलियाका यी वीर्यदाता युवकले सुरुमा सोखको रुपमा वीर्य दान गर्थे । तर, पछि उनले यसलाई फुल टाइम पेशा नै बनाए । अब यी युवकमाथि अत्याधिक सन्तान जन्माएको विषयमा अधिकारीहरुले अनुसन्धान सुरु गरेका छन् । एलन फान नामका यी युवक वीर्यदानका विषयमा निकै चर्चित भइसकेका छन् ।

एलनका अनुसार महिलाहरु उनको जाति र वीर्य स्वस्थ भएका कारण उनलाई मन पराउँछन् । डेलीमेलको रिपोर्टअनुसार एलन आफ्नै श्रीमतीबाट २ सन्तानका पिता हुन् । तर, उनले निजी रुपमा यीर्य दान गरेर अरु महिलाहरुबाट २३ सन्तान जन्माएका छन् । उनले दर्ता भएका फर्टिलिटी सेन्टरमा पनि वीर्य दान गर्छन् ।

अस्ट्रेलियाको बिस्बेनका एलनमाथि अब अनुसन्धान सुरु गरिएको छ । केही फर्टिलिटी सेन्टरले नै एलनको बारेमा उजुरी गरेका थिए । एलनमाथि वैध फर्टिलिटी सेन्टरभन्दा बाहिर वीर्य दान गरेको र निर्धारित सीमाभन्दा धेरै सन्तान जन्माएको आरोप छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यको कानुनअनुसार एक पुरुषले बढीमा १० परिवार मात्र बनाउन सक्छ । एलनले भने महिलाहरुलाई वीर्यदान गर्न अस्वीकार गर्नु आफ्नो लागि निकै कठिन काम भएको बताएका छन् । यही कारण उनले एकै दिन तीन महिलाहरुलाई वीर्यदान गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस