मंसिर २२ गते वैवाहिक बन्धनमा बाधिँदै रमेश प्रसाईं , यी हुन दुलही (हेर्नुहोस्)

काठमाडौं – आफ्ना तार्किक अभिव्यक्तिका कारण सामाजिक सञ्जालहरुमा सँधै चर्चामा रहने रमेश प्रसाई अहिले फरक परिचयका साथ युट्युबमा छाएका हुन् । रमेशले आफूलाई बहुआयामिक व्यक्तिका रुपमा स्थापित गर्दै लैजाँदा उनी दोहोरी गायकका रुपमा पनि दर्शकहरुले रुचाएका हुन्।

उनले दोहोरी गाएको इन्द्रेणी कार्यक्रमले रमेशलाई आफ्नै टीममा अनुबन्धसमेत गरेको छ। सामाजिक सञ्जालमा खरो अभिव्यक्तिले चर्चाको शिखरमा आएका पब्लिक स्पिकर नेपाल बिजेता रमेश प्रसाईं यहि मंसिर २२ गते वैवाहिक बन्धनमा बाधिन लागेका छन् ।

यसअघि पनि उनको बिबाह बारे विभिन्न भ्रामक हल्ला चलेपनि यस्पाली भने समाजसेवी नन्दा सिं सँग प्रसाईंको लगनगाँठो कसिने पक्का भएको हो । मंसिर २२ गते प्रसाईं र जीवन बिष्टले एउटै मण्डपबाट बिबाह गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस