सिरियल क्विन एकताले किन बिहे गरिनन् ? भाबुक हुदै खुलाइन् यस्तो राज

ही समय अघि आफ्ना अनुभव सुनाउने क्रममा बलिउडकी चर्चित टिभी सिरियल निर्मात्री एकता कपुरले खोलिन् बिहे नगर्नुको राज । जुन कुरा सुनाउँदा उनी आफै नै भएकी थिईन् भावुक । सबैलाई थाहा भएकै कुरा हो कि एकता कपुर बलिउडमै सबैभन्दा बोल्ड टिभी सिरियल निमार्ण गर्ने मध्यकी एक निमात्री हुन् ।

धेरै जसो उनीद्धारा निर्मित सिरियलमा महिला चरित्रलाई बलियो बनाउने गरिन्छ । भारतमा महिलाको भन्दा पुरुषको बर्चस्व रहने भएको हुनाले उनले सिरियल मार्फत महिला सशक्तिकरणको कुरालाई निकै नै प्रथामिकता दिंदै आईरहेकी छन् । उनले सिरियल मार्फत समाजमा महिला पुरुषबीचको विभेदको अन्त्य भएको देखाउने कोशिश गरिरहेकी छन् ।

उनै निर्मात्री एकता कपुरको भने जीवन कहानी कुनै सिरियल भन्दा पनि कम नभएको कुरा जब उनले आफ्नै मुखबाट सुनाईन् तब उनका कुरा सुन्ने सबैको आँखा रसायो । नाम र दाम दुवै कमाएको हुनाले एकतालाई इन्डस्ट्रिमा घमण्डी भनेर पनि चिनिन्छ । उनले यो कुरामा पनि आफ्ना मन छुने भनाईहरु शेयर गरेकी थिईन् । पछिल्लो केही वर्ष यता एकतालाई उनको सिंगल मदरको विषयलाई लिएर धेरै नै कन्ट्रोभर्सी बनाईएको थियो ।

‘मलार्ई घमण्डी, एकलकाटे, समलिं गी जे जे भनेपनि चित्त कहिल्यै दुखेन तर मेरो सिंगल मदरको विषयलाई लिएर बनाईएको गसिपप्रति भने मेरो चित्त निकै नै दुखेको छ ।’ भन्दै जब एकताले आफ्नो मन दुखेको कुरा सुनाईन् तब सबैको आँखा रसाए । किनभने एकताले यो जुनिमा विहे नगरिकन आफु सिंगल मदर हुन चाहेको कुरालाई लिएर जब उनको छोरा रवीको बारेमा नाथाथरी कुरा गरियो त्यो कुराले उनको चित्त दुखेको कुरा सुनाईन् ।

प्रतिक्रिया दिनुहोस