सम्झनाका हत्या मुद्धामा रहेका राजेन्द्र बोहरा अस्पतालबाट झ्याल फोरेर राति नै भागे

मंसीर १९ डोटी । डोटीको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको हत्याका आरोपित राजेन्द्र बोहरा अस्पतालबाट राति नै भागेका छन् । पुर्पक्षका लागि बाल सुधार केन्द्र डोटीमा बोहरालाई राखिएको थियो ।
बोहरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट राति १० बजेतिर फरार भएको जिल्ला प्रहरीप्रमुख एसपी जनक पाण्डेले बताए ।
कोरोना संक्रमण भएपछि बोहरालाई मंसिर ६ देखि बालसुधार गृहबाट अस्पतालको आइसोलेसनमा राखिएको थियो । अहिले बोहराको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

बोहराले सम्झनाको बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् । उनले बलात्कारपछि बालिकालाई त्रिशूल, घन र ढुंगाले हानेको बयान दिएका थिए ।
बोहराको जन्ममिति विभिन्न ठाउँमा फरक–फरक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस