नीना सरकारले मुन्डन गरेर दान दिइन् कपाल

काठमाडौं । भारतीय मोडल नीना सरकारले आफ्नो कपाल दान गरेकी छन् । उनले टाउको पुरै मुन्डन गरेर कपाल दान गरेकी हुन् ।

दानका लागि उनले टाउकाको सबै कपाल आफैँले ट्रिमर मार्फत काटेकी हुन् । आफैँले कपाल काट्दै गरेको तीन भिडियोसमेत उनले सामाजिक सञ्जालमार्फत शेयर गरेकी छन् ।

उनले सेयर गरेको भिडियोमा भनेकी छन्– ‘निकै राम्रो कपाललाई बाई गर्न जाँदैछु । तिम्रो कारणले मैले धेरै पैसा कमाएकी छु । तिम्रो सेवाका लागि धन्यवाद ।

अब म आफ्नो कपाल शेव गर्न जाँदैछु’ उनको योकदमलाई उनका फ्यानहरुले प्रसंशा गरेका छन् । एक महिलाको लागि कपाल सबै भन्दा महत्वपूर्ण कुरा भएको भन्दै उनको यो कदमलाई सबैले रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस