स्वेताको बिवाहकै दिन अभिनेता नजिर हुसेनले श्रीकृष्णलाई सम्झंदै लेखे मार्मिक पत्र : “आज बिहेमा श्रिकृष्ण श्रेष्ठ आउन मिल्ने भए यसो भन्थे होला”

काठमाडौँ- अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छन् । उनी धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ ।

उनले यसअघि वि.सं २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो । बिहेको एक दिन अगाडि नायिका खड्काको मेहेन्दी सेरेमोनी आयोजना गरिएको थियो । मेहेन्दी सेरेमोनीमा नायिका स्वेता खड्का र विजयेन्द्र सिंह राउत रमाएको देख्न सकिन्छ ।

स्वेताले सामाजिक संजालमा लेखेकी छिन् ‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’विजयेन्द्रको तस्वीर यसअगाडि सार्वजनिक भएको थिएन । केही मिडियामा स्वेताले दशैंमा टिका लगाउँदा विजयेन्द्रसँग खिचेको एउटा तस्वीर मात्र सार्वजनिक भैरहेको थियो । तर, मेहेन्दी सेरेमोनीपछि विजयेन्द्र र स्वेताको तस्वीर सार्वजनिक गरिएको हो। यहि तस्विर सार्जनिक भएपछि तस्विरमा कमेन्ट गर्दै नायक नजिर हुसेनले एउटा कमेन्ट गरेका छन् जुन अहिले भाइरल भएको छ । जुन कमेन्ट तल पढ्नुहोस

मरेको शरिर चितामा जलाइसकेपछि उठेर आउने भए प्रिय श्वेता म तिम्रो बिहेमा उपस्थित हुने थिए होला ।अग्नि साचि राखेर केहि आफन्त हरु समेत लाइ दर्शक राखेर सात फेरा हालेर जुनि जनि सम्म साथ दिने कसम खादा त म पनि थिए नि । तर बिडम्बना मैले त बाचा पुरा गर्न सकिन नि ।

मैले धर्तिमा आएपछि पक्कै पनि सुन्ने छु होला । मेरो मृत् शरिरमा तिम्रा ति निर्दोष आखाबाट खसेका बलिन्धारा आशु कति थियो भनेर । आफ्नै ज्यान नियन्त्रणमा लिन नसकेकि तिमि मेरो मायामा पागल भएर यसो भनेको थिइ नि यसले भनेर सुन्छु होला सुनाइन्छ होला । ” म अब कोहि सग बिहे गर्दिन”” यो शब्द पनि मैले सुन्छु होला ।

तिम्रो हरियालि जिन्दगिलाइ उजाड बनाउने म अझै पनि मलाइ नै सम्झेर बसेकि छ्याै होला । अमुल्य जिबनको धेरै बर्ष मेरा नाममा तिम्रा आखा बाट खसेका आशुको मुल्य म कसरि तिराे???हात पाखुरा गलेका तिम्रा ति अङ्गहरु सग मैले कसरि माफि मागाै । मलाइ पनि अनुभव गर्न मन छ!! पापको सजाय पाउन मन छ!!! सगै सगै जिन्दगि कटाउछु भनेर बाचा कसम खाएको मान्छे एक्कासि बिच बाटो बाट नै अलपत्र हुदा कस्तो र कति पिडा हुन्छ त्यो मलाइ अनुभव गर्न मन छ । तिम्रो ठाउमा म भएको भए!! केहि समय पछि बिर्सने थिए होला । अर्कै सग फेरि सात जुनिको कसम खाएको हुने थिए होला । तिमिले त कसरि सक्याै !!! यतिका बर्ष सम्म मृत शरिरलाई सम्झेर!!! कति मन अमिलो बनाएर अझै एक्लै पिडा सहेर बस्छ्याै ।

म त तिमिलाई” धर्तिमा आउन मिल्न भए यो भन्ने थिए””” गर बिहे । यत्रो दिन सम्म एक्लै पारेको तिमिलाई समाजमा लाग्ने लाल्छान सबै म खान तयार छु!!! तिमिलाई यदि कुनै पाप लागेछ भने म भोग्न तयार छु!!!! कम से कम मेरो पापको भारि कम होला!!!!! तिम्रो बिहेमा त मेरो आखाबाट केहि दिन सम्म आशु झर्ला!!! तर तिमिले मेरो नाममा यतिका बर्ष सम्म झारेका आशुको अगाडि सायद धेरै नै कम नै हुन्छ होला । सगेै जुनि कटाउछु भनेर खाएको कसम तोडिका कस्तो हुन्छ??? त्यो अनुभन मैले पनि पाउनु पर्छ । एक्लै यतिका दिन सम्म एक्लै हुदा कस्तो हुन्छ त्यो मैले पनि भोग्न पर्छ । त्यसैले स्वेता गर बिहे बितेको पिडालाइ भुल्न बर्तमान मा खुसी हुन र भबिस्यमा उत्कृष्ट कार्यको सुरुवात को निम्ति हजुर लाई बधाई सफल जिवनको शुभकामना ।

‘मैले मृत्युलाई रोजिनँ, जीवनलाइनै रोजें’ जीवनको नयाँ अध्याय शुरु गर्नु अघि अभिनेत्री श्वेताको चिठ्ठी

अभिनेत्री श्वेता खड्काले आफु जीवनको नवीन यात्रामा रहेको बताएकी छन् । आज सोमबार दोस्रो विवाह गर्न लागेकी उनले विवाहको पूर्वसन्ध्यामा लामो स्ट्याटस लेख्दै जीवनका बिभिन्न आरोह अवरोह, उकाली ओराली, सुख दुःख अनि हाँसोरोदनका पलहरुलाई आत्मसात गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा उभिएको बताएकी छन् ।

‘जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दुःख अनि कष्टहरुसँग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु’ उनले अगाडि लेखेकी छन् ‘अचानोको पीडा खुकुरीलाई थाहा हुन्न् भनेझैं समयको दुस्चक्रले म माथि प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पीडाहरु केवल मलाई मात्र थाहा छ ।’

केही दिनअघि विवाहको समाचार मिडियामा आएपनि अहिलेसम्म मौन रहेकी उनले आइतबार भने स्टाटस मार्फत मुख खोलेकी हुन् । जिन्दगीको लामो बाटोमा तिखा काँडा, ठुलाठुला पत्थर अनि आगोको ज्वालाहरु छरपस्ट भएर छरिएको अनुभव गरेकी उनले जीवनबाट सबै अप्ठ्यारा पन्छाउन विवाह गर्न लागेको समेत स्टाटसमा उल्लेख गरेकी छन् ।

उनले स्टाटसमा लेखेकी छन्– ‘कि हुती हारेर मर्नुपर्छ, कि त हिम्मतका साथ अघि बढ्नुपर्छ । अतः मैले मृत्युलाई रोजिनँ, जीवनलाइनै रोजें । अनि जिन्दगीका हरेक समस्याहरुसँग जुध्दै क्रमशः अगाडि बढ्दै गएँ ।’ एक्लै जीवन काट्न सकिन्छ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडिरहेको बताएकी स्वेताले एकल यात्राका बखतमा धेरै पटक लडेको समेत बताएकी छन् ।

अभिनेता श्रीकृष्ण श्रेष्ठसँग प्रेम बिवाह गरेकी स्वेता श्रीकृष्णको निधनपछि एक्लै जीवन बिताउँदै आएकी छन् । श्रेष्ठको निधनलगत्तै गहिरो शोकमा डुबेकी उनले सो समय अब जीवनभर विवाह नगर्ने अभिव्यक्ति समेत दिएकी थिइन् । अहिले भने जीवनलाई पीडाबाट निकाल्न बिवाह गर्न लागेको बताएकी छन् । उनले आफ्नो जीवनलाई सांकेतिक रुपमा प्रस्तुत गर्न रंगिन र ब्ल्याकिन ह्वाइट तस्बिर समेत एकसाथ पोष्ट गरेकी छन् ।

यस्तो छ स्वेताको लामो स्टाटस

मः जीवनको नविन यात्रामा

जीवनका बिभिन्न आरोह(अवरोह , उकाली(ओराली , सुख(दुस्ख अनि हाँसो(रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दुस्ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ुअचानोको पिँडा खुकुरीलाई थाहा हुन्नु भनेझैं समयको दुस्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिंडाहरु केवल मलाई मात्र थाहा छ ।

म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जस्मा तिखा काँडा, ठुलाठुला पत्थर अनी आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथी छरपस्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ , पत्थरहरुलाई फुटाउनु पर्नेछ अनी आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ । ूके म यसो गर्न सकुँला र रुू आँफैसंग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें ू कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघी बढ्नुपर्छ ।ू अतस् मैले मृत्‍युलाई रोजिनँ, जीवनलाइनै रोजें । अनी जिन्दगीका हरेक समस्याहरुसंग जुध्दै क्रमशस् अगाडि बढ्दै गएँ ।

ुएक्लै जीवन काट्न सकिन्छु भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखी एक्लै हिँडीरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । ूअब उठ्नै सक्दिन कि ू भन्ने कम्जोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै पिच्छे करिव हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसंगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ । मनभित्र गाँठो परेर बसेका अब्यक्त बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथी बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरु ब्यक्त गर्ने कोसंग रु मैले साथीसंगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पिंडालाई महसुष गर्न सक्ने कोही देखिनँ । आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पिंडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरें । अतस् मेरो हरेक दुस्खमा म एक्लै रोएँ, पिंडाहरुमा आँफै सम्हालिएँ अनी अनेकन समस्याहरुसंग एक्लै जुधिरहें ।

ूमेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथी पुनस् सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाईन्छ र रु फुटेको चुरासंगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र रु अनी विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुनस् फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र रु लौ,भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी ब्यक्ती पनि पाइयो रे , अनी के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र रुू म मेरा हितैषीहरुलाई प्रश्न गर्थें ।

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पिँडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्विकार गरी मसंगै सुख र दुस्ख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दुस्खद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनी साथीसंगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौशला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यती हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ ूके यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र रुू

मलाई थाहाछ ुश्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छु भन्ने सोच बोकेका दुईचारजना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर म प्रती साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनी संधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सुवेक्षाले म प्रती रिस र इर्ष्याको सोच राख्ने दुईचार जनाले स्वतस् हार खानेछन् ।

अतस् कोरोनाको सन्त्रासका बिच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य ब्यक्तित्वहरु, संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सिमित ब्यक्तिहरुलाई साँक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वाश लिएकी छु ।

प्रतिक्रिया दिनुहोस