नेपाली सन्नी लियोनी भनेर चिनिएकी अदितीका हट एण्ड बोल्ड तस्बिर

यीहुन् अदिति बुढाथोकी। नेपाली मोडल तथा उदीयमान अभिनेत्री अदितिको तुलना पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीसँग गरिएको थियो ।

भारतको एबीपी न्यूजले अदितिका अर्धनग्न तस्बिरसहित ‘मिलिए नेपालकी सन्नी लियोनी से’ भनेर रिपोर्ट बनाएपछि मुम्बैमा बस्दै आएकी अदिति पहिलो फिल्म रिलिज नहुँदै चर्चाको शीखर चढेकी थिइन् ।

झापा दमक घर भएकी नायिका अदिती वुढाथोकी दुबई पुगेकी छिन् । दुबइमा पुगेर तस्वीर शेयर गर्दै उनले आफूलाई फुलसँग तुलना गरेकी छिन् । उनले, आफूलाई फूल भन्दै सूर्यको प्रकाशले पनि फुल्न दिएको उल्लेख गरेकी छिन् ।

सामाजिक संजाल इन्स्टाग्राममा अदितीका ११ लाख भन्दा बढी फलोअर्स छन् ।

सामाजिक संजालकी रानी बनेकी यी सुन्दरीका तस्वीरमा आउने प्रतिक्रियाले पनि उनको लोकप्रियता मापन गर्न सकिन्छ ।

अदिती वुढाथोकी निर्देशक सुरेन्द्र पौडेलको नयाँ चलचित्रमा काम गर्ने तयारीमा थिइन् । तर, लकडाउनका कारण चलचित्रको छायांकन सुरु हुन सकेन ।

नेपाली चलचित्र ‘कृ’ बाट एकाएक चर्चामा आएकी नायिका हुन् अदिति बुढाथोकी ।

उनले भुवन केसीले निर्माण गरेको चलचित्र ‘कृ’मा मेगा स्टार अनमोल केसीसँग नेपाली चलचित्रमा पाईला टेकेकी हुन् ।


उक्त चलचित्रले बक्स अफिसमा दमदार कलेक्सन गरेर सुपरहिट साबित भइसकेको छ ।

उनले ‘कृ’ खेली सकेपछी अरु कुनै नेपाली चलचित्रमा काम गरेकी छैनन् ।

चलचित्र ‘कृ’ खेली सकेपछी उनको चर्चा परिचर्चा एकाएक चुलिएको छ भने दर्शकको मन- मुटुमा बसिसकेकी छिन् । उनको अभिनय र सुन्दरताले नेपाली युवाहरुलाई लठ्ठ बनाएकी छिन् ।

नेपाली फिल्म ‘कृ’ मा अनमोल केसीसँग अभिनय गरेपछि चर्चामा आएकी अदिति पछिल्लो समय फिल्मका कारण भन्दापनि आफ्नो ग्ल्यामर तस्वीरका कारण चर्चामा रहन्छिन ।

नेपाली चलचित्रमा आउनु भन्दा पहिला उनी भारतीय म्यजिक भिडियोमा मोडलिङ गर्दै आएकी थिइन् । उनले भारतीय म्यजिक भिडियो “उम्मिद” र ‘मे तेरा हो गया’ मा अभिनय गरेकी छिन् ।

उनी पछिल्लो समयमा विविध बिषयले चर्चामा आएकी हुन्छिन् । कहिले अनमोललाई लिएर त कहिले उनको सुन्दरता र गेटपलाई लिएर भारतीय र नेपाली मिडिया, सामाजिक सञ्जालमा चर्चामा आइरहन्छिन् ।

५ वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी अदिति बुढाथोकीका लागि त्यसपछिका दिनहरू फलदायी बन्दै गए ।

त्यसपछि उनले टीभीसी एड तथा पेपर एडहरूमा अवसर पाइरहिन् भने र्‍याम्प वर्क तथा फोटो सुट आदि पनि गरिरहिन् ।

प्रतिक्रिया दिनुहोस