पढाइ छाडेर बिच्छी खोज्न थाले, त्यही बिच्छीले २५ वर्षको उमेरमै बनायो करोडपति

काठमाडौं। केही वर्षअघि आर्कियोलोजीमा डिग्रीको पढाइ छाडेर मरुभूमिमा बिच्छी खोज्न थालेका एक युवक अहिले करोडपछि बनेका छन् । इजिप्टका २५ वर्षका मोहम्मद हाम्दी बोश्ता बिच्छीको विष बेच्छन् । यो विचित्रको सोखले आफूलाई यति धनी बनाउला भनेर उनले आफैंले पनि सोचेका थिएनन् । अहिले उनले १ ग्राम विषको लागि १० हजार डलर (११ लाख ८० हजार रुपैयाँ) मूल्य पाउँछन् ।

रोयटर्सका अनुसार इजिप्टको मरुभूमि र समुद्रका तटीय क्षेत्रमा बिच्छी समात्नको लागि हाम्दीले केही वर्ष पहिले आर्कियोलोजीमा डिग्रीको पढाइ छाडेका थिए । उनी यी बिच्छीबाट विष निकाल्छन् जसको प्रयोग औषधि बनाउन गरिन्छ । केवल २८ वर्षको उमेरमा मोहम्मद हाम्दी कायरो भेनम कम्पनीका मालिक बनेका छन् । यो यस्तो परियोजना हो जहाँ अलग अलग प्रजातिका ८० हजारभन्दा धेरै बिच्छी र सर्प पालिएका छन् । यी सर्प र बिच्छीको विष निकालेर औषधि बनाउने कम्पनीलाई बेचिन्छ ।

युभी लाइट अर्थात पारावैजनी प्रकाशको सहयोगले समातिएका बिच्छीको विष निकाल्नको लागि उनीहरुलाई हल्का बिजुलीको झट्का दिइन्छ । झट्का लाग्नासाथ उनीहरुको विष बाहिर आउँछ र यो विषलाई भण्डार गरेर राखिन्छ । रोयटर्सको रिपोर्टअनुसार बिच्छीको एक ग्राम विषबाट २० हजारदेखि ५० हजारसम्म एन्टिभेनम (विष प्रतिरोधी औषधि) डोज बनाइन्छ । एन्टिभेनम औषधि तयार गर्दा बिच्छीको विषको परिमाणमा निकै सावधानी अपनाइन्छ ।

प्रतिक्रिया दिनुहोस