दीपेन्द्रसँग विवाह नजुरेपछि अविवाहित बसेकी सुप्रिया शाहको जर्नेलसँग भयो विवाह, २० वर्षपछि बल्ल उनले बिवाह गरिन !

काठमाडौं । तत्कालिन युवराज दीपेन्द्र शाहसँग विवाह नजुरेपछि अविवाहित नै रहेकी सुप्रिया शाहले विवाह गरेकी छिन् । उनले विनयविक्रम राणासँग विवाह गरेकी हुन् । राणाको यसअघिको पत्नीसँग पारपाचुके भएको थियो । त्यसपछि अविवाहित रहँदै आएकी सुप्रियासँग मंसिरमै विवाह भयो ।

सुप्रियाका पिता प्रदीपविक्रम शाह पनि पूर्व सैनिक हुन् । उनी पूर्व रानी रत्नका अंगरक्षक थिए । सुप्रियालाई तत्कालिन रानी ऐश्वर्याले खुबै मनपराएकी थिइन् । तत्कालिन अधिराजकुमारी श्रुतीकी साथी हुन् सुप्रिया । उनको दीपेन्द्रसँग पनि सम्बन्ध जोडिएको थियो । तर, दीपेन्द्रले भने पशुपतिशमशेर राणाकी छोरी देवयानीलाई मन पराए । दरबारकाण्डपछि देवयानी विवाह गरी भारत पुगिन् । सुप्रिया भने अविवाहित नै बसिन् । २० वर्षपछि बल्ल उनको विवाह जुर्यो ।

सुप्रियासँग विवाह सम्बन्ध गाँसेका विनयविक्रमको तत्कालिन राजा वीरेन्द्रका अंगरक्षक शान्तकुमार मल्लकी छोरी साधना मल्लसँगको सम्बन्ध टु’टेको थियो । सम्बन्ध टु’टेपछि विनयको सुप्रियासँग विवाह भएको छ । उनी हाल दुई तारे जर्नेल भएर पश्चिम पृतनाका पृतनापति छन् । उनी प्रधानसेनापति पूर्णचन्द्र थापाले रुचाएका जर्नेल हुन् ।

यसरी भाँडिएको थियो युवराज दीपेन्द्रको विवाह

म दरबारमा भएकै बेला २०४५ सालतिर दरबार मार्गको नाङ्लो रेस्टुराँमा युवराज दीपेन्द्र र उहाँका केही साथीहरु तथा उहाँका अंगरक्षकहरुले पे य प’दा’र्थ लिँदै र खाना खाँदै गर्दा के कुरामा वि’वा’द परेछ, कु’ट’पि’ट चलेछ र ती अंगरक्षक घाइते भएछन्।

युवराजको सम्म मर्यादा राखेनछन्। सबैले रिस ती अंगरक्षकमाथि पोखेछन्। त्यो थाहा पाएर मैले राजा वीरेन्द्रमा जाहेर गरेँ, ‘सरकार ! त्यस्तो घटना हुनुमा जवानी, धन–सम्पत्ति, प्रभुत्व र त्यसबेला रि’सको समयमा विवेक हराउनु– यी कारणहरुमध्ये एउटै मात्रले पनि खराव गर्छ। ती चारै कुरा भए ठूलो अनर्थ हुन्छ भनी नीतिकारले भनेका छन्। युवराज मस्त जवान होइबक्सन्छ, धन–पैसाको पनि कमी छैन, युवराजधिराज भएपछि प्रभुत्व पनि हुने नै भयो। रिस उठेको बेला विवके हराउँछ। यसरी चारै कुरा भएपछि ठूलो अनर्थ हुन सक्छ।’

राजाले अलि गम्भीर भएर भन्नुभयो, ‘यसमा उपाय के छ त ?’ ‘अंगरक्षकहरु पनि उस्तै उमेरका छन, युवराजलाई के गर्दा खुसी बनाउन सकिन्छ, त्यही गर्छन् त्यही गर्ने छन्। कुनै नहुने कुरा भएपछि यो गर्नु हुँदैन भन्ने कोही छैन। त्यसकारण ती युवक अंगरक्षकमाथि उमेर पुगेको कमान्डर राखिबक्सनुपर्यो। उसले ती अंगरक्षकहरुलाई नियन्त्रणमा राख्छ। युवराजाधिराजलाई केही अदब हुन्छ, सीमाभित्र राख्न चाँडै विवाह गरिबक्सनुपर्छ। मत्ता हाती मद चढेको बेला ढोई (पोथी हात्ती) सँग लागे मात्र शान्त हुन्छ, नत्र बहुलाउँछ। प्रकृतिको नियम नै हो, महिलाहरुले पुरुषलाई वशमा राख्छन्। नीतिशास्त्रले त्यही भन्छ’, मैले जाहेर गरेँ।

‘अंगरक्षकको कुरा चैत्रको अन्ततिर सम्झाऊ, त्यसबेला उपयुक्त समय हुन्छ’, राजाको जवाफ आयो। पछि मौकामा सम्झाएँ पनि तर केही भएन। पुनः जिज्ञासा राखेँ, ‘यसपटक भएन’ भन्ने जवाफ पाएँ। त्यसपछि ढुकुटी विभागले युवराजको विवाहका लागि चाहिने गहना बनाउन लगाएको भन्ने सुनेको थिएँ।

कहिलेकाहीँ काम परेको बेला त्रिभुवन सदनमा युवराजलाई भेट्ने अवसर मिलेको थियो। युवराज स्नातक भएपछि खाली समयमा एउटा काम विशेषले म त्यहाँ गएको थिएँ। युवराजलाई भर्खर दरबारमा कम्प्युटर आएकाले हरिहरले सिकाएका थिए। युवराज कम्प्प्युटरमा तासको खेल खेलेको मैले पाएँ। ‘बस’ भनेपछि बसेँ। एकछिनपछि सम्बन्धित काम जाहेर गरेँ। अनि विदा हुन लागेको थिएँ, फेरि ‘बस’ भनेपछि बसेँ।

प्रतिक्रिया दिनुहोस