श्रीमानसँग ‘ह्याप्पि एण्ड रोमान्टिक’ मुडमा श्वेता, हेर्नुहोस् तस्बिर सिहित

श्रीकृष्ण श्रेष्ठलाई ६ वर्षअघि सँधैका लागि गुमाएकी अभिनेत्री श्‍वेता खड्काको अनुहारमा ६ वर्षपछि फेरी खुशी फर्किएको छ । विबाह गरेको करिब १ महिनाबाट नै हराएको श्वेताको खुशी सामाजिक संजालमा देखिएको छ ।

श्वेता विबाहपछि पतिको घरमा गएसँगै निकै खुशी देखिएका भिडियोहरु सार्वजनिक भएका छन् । भिडियोमा श्वेता पति विजयेन्द्रसँग रोमान्टिक रूपमा देखा परेकी छिन् ।

त्यस्तै उनले पछिल्लो समय श्रीमानसँगका रोमान्टिक तस्बिर शेयर गरेकी छन् । जहाँ उनका प्रशंसकले निकै खुलेर तारिफ गरेका छन् । उनीहरू अब श्वेब जोडीको रूपमा रहने समेत उनीहरूले तस्बिरमा खुलाएका छन् ।

श्‍वेता श्रीकृष्ण श्रेष्ठको अनस्क्रिन जोडीका रुपमा नेपाली चलचित्रमा छिरेकी थिइन्। उनको डेब्यु फिल्म ‘कहाँ भेटिएला’सुपर हिट भएको थियो। श्‍वेताले श्रीसँग ‘कोहिनूर’मा अभिनय गरेकी थिइन्।

लामो प्रेम सम्बन्धपछि श्रीकृष्ण र श्‍वेता २०७१ असार २३ गते बैवाहिक बन्धनमा बाँधिएका थिए। विवाहपछि श्रीकृष्णको २०७१ साउन २५ गते भारतको दिल्लीमा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस