खाली पेटमा सेतो चिया पिउनुहुन्छ ? होस् गर्नुहोस् ! पेटमा बढाउँदछ ग्याष्ट्रिक म्यूकोसा

काठमाडौँ । अधिंकाश मानिसहरु आफ्नो दैनिकी चियाको चुस्कीबाट शुरु गर्छन् । प्राय जसो मानिस बिहान उठी मुख धोई खाली पेटमा नै चिया पिउने गर्दछन् । अझ् कति व्यक्तिहरु बिहान् मुख पनी नधोई चिया पिएर आफ्नो दिनको शूरुवात गर्दछन् ।

मानिसले चिया गर्मीमा भन्दा अझ् जाडोको मौसममा धेरै चिया पिउने गर्दछन् । यसरी दैनिक खालि पेटमा चिया पिउनु हानिकारक हुनुको साथै धेरै चिया पिउनाले बिभिन्न प्रकारको रोगहरु लाग्ने गर्दछन् । धेरै व्यक्तिलाई यो कुरा थाहा नहुन पनी सक्छ अनि थाहा पाएका व्यक्तिले जानी जानी पनी अन्जान बनिरहेका हुन्छन् । यसरी खाली पेटमा चिया पिउँदा र धेरै चिया पिउँदा हाम्रो स्वास्थयमा के–के समस्या देखिन्छ तल दिईएको छ ।

– प्रोस्टेट क्यान्सरः खाली पेटमा चिया पिउनाले पुरुषमा प्रास्टेट क्यान्सर हुनेकुरा धेरै अध्ययन पछि पत्ता लागेको कुरा हो । त्यसैले खालीपेटमा चियाको सेवन नगरी मनतातो पानी पिएर सचेर रहनुहोस् ।

चिडचिडापन: एउटा यस्तो समस्या हो, जहाँ आफूलाई एकदमै थकाई लाग्ने, काम प्रति जागर नआउने र झर्को लाग्ने गर्दछ । बिहान खालीपेटमा चिया पिएमा फ्रेस होइन्छ भन्ने गलत धारणाको कारणले गर्दा यस्तो समस्या बढ्दै गइरहेको छ । विहान खाली पेटमा चियाले नभएर तातोपानी फ्रेस गराउने कारणले गर्दा तातो पानी पिउने बानी बसाल्नुपर्दछ ।

– ग्यासको समस्या : चिया केमिकलबाट बनेको हुन्छ, चियामा हाल्ने मसलाहरु र चीन मिक्स हुदापेटमा ग्यास जमेर पेटसम्बन्धी अनेक रोग सिर्जना हुन्छ ।

– शरीरलाई हानी : चिया पिउनाले शरीरमा प्रोटिन र अन्य पोषण तत्वको अवशोषण सहि तरिकाले हुदैन् । यहि कारणले शरीरलाई एकदमै हानी र रोग निम्त्याउँछ ।

– वाकवाकी लाग्ने : कहिलेकाहि वाकवाकी भएमा खानालाई दोष दिने बानी धेरैको हुन्छ । तर खानाले नभएर चियाले वाकवाकी हुनसक्दछ । चियामा टेनिन पाइन्छ, यहि कारणले गर्दा वान्ता हुन्छ ।

१.खाली पेटमा चिया पिउँदा शरिरमा प्रोटिन र पौष्टिक पदार्थ सोस्ने क्षमता कम हुन्छ २. खाली पेटमा कालो चिया पिउँदा पेट फुल्छ ।
३. चियाले खाली पेटमा ग्याष्ट्रिक म्यूकोसा बढाउँदछ जसले कम भोक लाग्छ ।४. चिया एसिडिक हुन्छ त्यसकारण यसलाई खाली पेटमा पिउँदा एसिडिटी बढ्दछ ।
५. चियामा टोनिक हुन्छ । त्यसकारण खाली पेटमा चिया पिउँदा बान्ता आउला जस्तो भान हुन्छ ।६.एक दिनमा ४/५ कप चिया पिउँदा पुरुषलाई प्रोस्टेट क्यान्सरको सम्भावना बढ्छ ।
७. खाली पेटमा दुध हालेको चिया पिउँदा थकान महसुस हुन्छ र इरिटेसन बढ्छ ।८.धेरै कडा चिया पिउनेहरुमा अल्सर हुने खतरा बढि हुन्छ ।
९.अदुवा हालेको चिया खाली पेटमा पिउँदा ग्याँसको समस्या हुनसक्छ ।१०.चियामा क्याफिन, एल–र्थासनन र थियोफाइलिन हुन्छ । यो खाली पेट पिउँदा अपचको सम्भावना हुन्छ

प्रतिक्रिया दिनुहोस