कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार भन्दा तल झर्‍यो

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या ९ हजार भन्दा तल झरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ सय ७५ जना निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या ८ हजार ८ सय ४० जनामा झरेको हो । अहिलेसम्म नेपालमा २ लाख ४२ हजार ५ सय ६७ जना निको भएर डिस्चार्ज भइसकेका छन् । अब ८ हजार ८ सय ४० जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका र ४ सय २१ जना क्वरेण्टीनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जम्मा ७ सय १० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमण पुष्टि हुनेको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ । यस्तै थप १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस