नयाँ भूमिकामा नेपाली क्रिकेटरले अझै बढी अबसर पाउनेछन् – पारस

काठमाडौं, पुस ४ गते । नेपाली क्रिकेट टोलीका अलराउण्डर एवम् पूर्ब कप्तान पारस खडका टिम अबुधाबीको मेन्टर नियुक्त हुनुभएको छ । अबुधाबी टी टेन लिगको पछिल्लो संस्करणमा उहाँ खेलाडीको रुपमा सहभागी हुनुभएको थियो

टिम अबुधाबीले शुक्रबार राति खड्कालाई एमर्जिङ्ग टेलेन्ट मेन्टर नियुक्त गरिएको जनाएको छ । मेन्टरको रुपमा उहाँ प्रशिक्षण टोलीमा सहभागी हुनुहुनेछ । अबुधाबी टी टेनको चौथो संस्करण जनवरी २६ देखि फेब्रुअरी ६ सम्म चल्नेछ ।

खड्काले शनिबार बिहान आफ्नो सामाजिक सञ्जालमा नयाँ भूमिकाबाट आफू उत्साहित बनेको बताउनुभएको छ । नयाँ भूमिकामा आफू नेपाल क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न प्रयत्नशील रहने उल्लेख गर्नुभएको छ । टिम अबुधाबीमार्फत् नेपाली क्रिकेटरले अझै अवसर पाउने पारसले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस