घरेलु आगलागीबाट बच्न मुगुमा सशस्त्र प्रहरीद्वारा नमुना अभ्यास प्रर्दशनी

३ पुस । मुगु सदरमुकाम गमगढीमा सशस्तत्र प्रहरीले घरेलु आगलागीबाट बच्न नमुना अभ्यास प्रदर्शनी गरेको छ । नेपाल सशस्त्र प्रहरी बल ४५ हेडक्वाटर मुगुले सबैका लागि अग्नि सुरक्षा विपद जोखिम न्यूनीकरण तथा ब्यावस्थापन भन्ने मुलमन्त्रका साथ गमगढीमा रहेको महाकाली उच्च माध्यामिक बिद्यालयको मैदानमा घरेलु अग्नि नियन्त्रण सम्बन्धि नमुना अभ्यास प्रदर्शनी गरेको हो ।

बिगतका बर्षहरुमा स्थानीय जनताहरुको दैविक प्रकोप, भाढी पहिरो, भूकम्प, लगायत अन्य बिभिन्नमा क्षेत्रहरुमा जनचेतना दिदै आएको सशस्त्र प्रहरी बलले गरेको गतिबिधिलाई मूल्याङ्कन गदै स्थानीय जनताहरुले माया गदै बढेको सो संगठन पछिल्ला समयमा सबैको लोकप्रीय बन्दै आएको छ । तर मुगु जिल्ला सदरमुकाम गमगढी बजार आगलागी, लगायत पहिरोबाट भने निकै जोखिममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस