संसद विघटनको प्रस्ताव राष्ट्रपतिले रोक्न मिल्दैन् : राजनीतिक सल्लाहकार

५ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले प्रधानमन्त्रीले गरेको संसद विघटनको प्रस्ताव रोक्न नमिल्ने बताएका छन् ।

अनलाइखबरसँगको कुराकानीमा उनले भने, ‘राष्ट्रपतिले प्रस्ताव रोक्न मिल्दैन, अदालतले के गर्छ यो अर्काे विषय हो ।’

उनले संविधानको धारा ७१ अनुसार संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार भएको बताए । उनले भने,’कार्यकारी प्रधानमन्त्रीले ल्याएको प्रस्ताव संवैधानिक राष्ट्रपतिले रोक्न मिल्दैन् ।’

प्रतिक्रिया दिनुहोस