विश्वकै यी अनौठा र खतरनाक जीव, जान्नुहोस् रोचक कुरा

काठमाडौं । हामिलाई थाहा नभएका विश्वमा धेरै अनौठा जीवहरु छन् । कहिलेकाही नसोचेका जीवहरु एक्कासी देखिने गर्छन् । विश्वमा यस्ता जीवहरु पनि छन् जुन हामिलाई थाहा पनि छैन । आज विश्वमा रहेका केही अनौठा जीव जनावरबारे जानकारी दिदैछौ ।

स्यागा एन्डीलोप – स्यागा एन्डीलोप यस्तो अनौठो जनावर हो जुन हामिले देखिरहेको हरिण जस्तै हुन्छ । यसको नाक लामो र ठुलो हुन्छ । रुस र काजिकिस्तानमा पाइने यो जनावर निकै अनौठो हुन्छ ।

नेकेट मोल मुसा – यो मुसा पनि हामिले देखेका मुसा भन्दा फरक हुन्छ । पूर्वी अफ्रिकामा पाइने यस मुसा निके खतरनाक हुन्छ । यसको बाहिरी छाला छ कि छैन यकिन गर्न गाह्रो हुन्छ । यस मुसाको शरिरमा रौं हुँदैन ।

ल्याम्प्रे – ल्याम्प्रे एक माछा हो । हामिले धेरै प्रजातीको माछा देखेका छौ । तर आर्कटिक महासागमा पाइने यो माछा अहिलेसम्म देखेका छैनौ । यो माछाको लामो दाँत हुन्छ । एक अनौठो कुरा । यदि यस माछाले दाँतले एक पटक आफ्नो शिकार कसैलाई बनायो भने बाच्न सक्दैन। यसको जालमा परेको शिकार उम्कन गाह्रो हुन्छ ।

पिंक फेयरी अर्माडिलो – यो पनि एक मुसा हो । यसका तीखा नंग्रा हुन्छन् । तीखा नंग्राले जमिन खन्ने गर्छ । यसले निकै चाडो जमिन खन्न सक्छ । यसको शरिरको माथि छाला ओडाईएको जस्तो देखिने हुनाले देख्दा निकै अनौठो छ ।

प्रतिक्रिया दिनुहोस