यौ´न उत्तेजना बढाउने औषधि के–के हुन् : यसले कसरी काम गर्छ ?

सिनामंगल स्थित सडकमा कम चहलपहल थियो । मध्यान्हको घामका कारण मानिसहरु उतिसारो सडकमा थिएनन् । त्यही नजिकै रहेको एउटा औषधि पसलमा एक युवक पसलेसँग जोडतोडले कुरा गरिरहेका थिए । ‘जे पायो त्यहीं गफ दिने, ८ हजार तिरेको के काम’ उनी जङ्गिए । पसलले आफ्नो कुराम मनाउने प्रयास गरिरहेको थिए । ध्यान त्यतै केन्द्रीत हुन्छ । ति युवकले ८ हजार तिरेर यौन शक्ति बढाउने कफी किनेका रहेछन् । त्यसले काम नगरेपछि पैसा फिर्ता दिन पसलेसँग जोड गर्दै थिए । उक्त कफी पिएमा यौन क्षमता र चाहना दुबै बढ्ने र सोको प्रभाव १५ मिनेटमै देखिने भएपछि कफी खरिद गरेका थिए । कफीको प्रभावको परीक्षण आफ्नै प्रेमिकालाई गरे तर कुनै असर देखिएन । उनको बुझाइमा प्रेमिका शारीरिक सम्बन्धका लागि तयार भइनन् । योजना सफल नभएपछि उनी पैसा फिर्ता माग्न आएका थिए । पसलेले बढी कुरा गर्ने भन्दै प्रतिवाद गरिरहेका थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

साझको सात बजेको थियो । सिरसिरे हावा चलिरहेको थियो । कोटेश्वरको एउटा फार्मेसीमा अन्दाजी १९ वर्षजतिको को एक किशोर ग्राहकले फामेर्सी पसलेसँगं कचकच गरिरहेका थिए । ‘साहुजी १०० एमजीको दिनु न’ उनले पसलेसँग भने ‘भाइ ५० एमजीकोभन्दा दिन मिल्दैन’ साहुजीले उत्तर फर्काए । तर, ति किशोर उक्त वाक्यांस दोहोराइरहेका थिए । फार्मेसीवालाले ५० एमजीकोभन्दा दिन नमिल्ने बताउदै थिए । पछि कुरा बुझ्दा उनले यौन शक्ति वढाउने औषधि ‘भियग्रा’ मागिरहेका रहेछन् । उमेर सानै भएकाले १०० एमजीको दिन नमिल्ने पसलेको भनाइ थियो । किशोरले ५० एमजीकोले काम नगर्ने भन्दै १०० एमजीको मागिरहेका थिए ।

यौनवद्र्धक औषधिले निम्त्याएको विकृति यी दुई प्रतिनिधि घटनाले यौनवद्र्धक औषधिको व्यवसायलाई प्रष्ट गर्दछ । सँगै, यसले निम्त्याएको विकृतिलाई पनि प्रतिनिधित्व गर्दछ । सहरी समाजमा झुक्काएर यौनवद्र्धक औषधि खुवाउंने र कामवासना पैदा गर्ने कुसंस्कृति हावी भइरहेको छ । अर्कोतर्फ, भियग्राजस्ता यौनवद्र्धक औषधिको चरम प्रयोग बढिरहेको छ । यी दुई औषधि बजारमा देखिने विकृतीका प्रतिनिधि दृष्य मात्र हुन । औषधि बजारमा दिनहुँ सेक्स पावर बढाउने औषधि ठूलो मात्रामा किनबेच हुंने गरेको छ । होटेल तथा गेस्ट हाउस धेरै भएका क्षेत्र र नयाँ बसपार्क वरपरका औषधि पसलको मुख्य कारोवार मध्ये यौनवद्र्धक औषधि पर्ने गर्दछ । विशेषगरी यस्ता औषधि कलङकी, नया बसपार्क, सिनामंगल, गौशला, रत्नपार्क लगायतका ठाउँमा ठूलो मात्रामा कारोबार हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस