अन्तरजातिय विवाह गरेकी बहिनीलाई फकाएर बोलाए, दाईहरुले नै शव नै गायब बनाए

एजेन्सी । अन्तरजातीय विवाह गरेकी बहिनीलाई उनका दाईहरुले निकै माया गरेर घर बोलाए । बहिनीले कल्पना पनि गर्न सकिनन् दाईहरुको उद्देश्य के थियो ? तर अन्तरजातिय विवाह गरेकै कारण दाईहरुले नै बहिनीलाई माइत बोलाएर शव समेत गायब बनाएका छन् ।

दाइहरुले बहिनीको ज्यान लिए । यो घटना भारत उत्तर प्रदेशको मैनपुरी जिल्लाको हो। मैनपुरीकी युवतीले अन्तरजातिय विवाह गरेकी थिइन् । युवती विवाह गरेर दिल्ली युवकको घरमा पुगेकी थिइन् । उनीहरुले विश्वास दिलाएर बहिनीलाई फिर्ता बोलाए । दुई भाई मिलेर बहिनीको शव नै गायब बनाए ।

युवतीको श्रीमानले दिएको उजुरीका आधारमा प्रहरीले ति युवतीका दुई दाईलाई पक्राउ गरेको छ । तर अहिले सम्म पनि बहिनीको शव फेला परेको छैन ।

प्रतिक्रिया दिनुहोस