हट फोटो खिचाएर केटा बिगारेको भन्दै यी मोडेललाई इजिप्ट सरकारले हाल्यो जेल

इजिप्टमा एक मोडेलले जेल जानु परेको छ । यसको कारण भने अचम्मको छ । उनले केही फोटोहरु सार्वजनिक गरेकी थिइन् । ती फोटोहरु हेरेर युवाहरु बिग्रनसक्ने भन्दै त्यहाँको सरकार मोडलसँग डराएपछि त्यहाँ घटनाले अर्कै रुप लिएको छ ।

त्यसपछि त्यही फोटोका कारण इजिप्टकी ती मोडल र फोटोग्राफर जेल जानुपरेको छ । इजिप्टको पिरामिडको पृष्ठभुमीमा खिचिएको मोडलको तस्विर सामाजिक संजालमार्फत सार्वजनिक भएपछि इजिप्टमा बहस सुरु भएको थियो ।

केही मिडियाले ‘उ त्ते ज क र आ प त्ति ज न क’ भनेर टिप्पणी गरेपछि सामाजिक संजालमा चर्को बहस भएको थियो । इजिप्टको मिडिया मिडिल इस्ट आइका अनुसार उनीहरुलाई प्रशासनले पक्राउ गरेर एक दिन राखेर धरौटीमा छोडेको छ ।

फोटोग्राफर हौसम मोहम्मदले खिचेका तस्वीरहरुमा मोडल सलमा अल शिमी परम्परागत गहना र घुँडामाथिसम्मको कपडामा देखिएकी छिन् ।

उनका तस्वीरहरु राजधानी कायरोबाट ३० किलोमिटर टाढा रहेको साकारा नेक्रोपोलिस क्षेत्रमा पिरामिडको पृष्ठभूमिमा खिचिएका छन् ।

प्रतिक्रिया दिनुहोस