विश्वकै छोटो बैवाहिक जीवन, बिवाह भएको १५ मिनेटमै सम्ब’न्ध बि’च्छे’द, यस्तो छ कारण

काठमाण्डौं । पूर्वीय समाजमा विवाहको विशेष महत्व छ । यो मृ त्यु पर्यन्त रहने सम्बन्धको रुपमा अभ्यास हुने गरेको छ । तर एक जोडीको १५ मिनेटमा नै विवाह टु’टेको छ । वास्तवमा दुबईमा भएको एक विवाहको बारेमा हाल निकै चर्चा भएको छ, जहाँ विवाह भएको १५ मिनेटमा सम्बन्ध टु’टेको छ ।

विवाह तय भएपछि दुलाहा र दुलहीको पिताको बीचमा पैसालाई लिएर एक सम्झौता भएको थियो । विवाह पछि दुलाहा पक्षलाई दुलही पक्षले एक लाख दिरहम दिने बाचा गरेका थिए । दुलाहाले केटीको बाबुसँग रकम किस्तामा मागेका थिए । विवाहको दिन ५० हजार र बाकी विवाह पछि दिने भनिएको थियो ।

गल्फ न्यूजका अनुसार केटालाई कटीको बाबुले पहिलो किस्ता अदालतमा नै दिएका थिए । तर विवाह पछि सबै परिवारको साथमा केटीको बाबुले दुलाहासँग बाहिर निस्किएर ५० हजार दिरहम मागे ।

दुलाहाले आफुले पैसा कार भित्र राखेको बताउँदै केहि समयमा दिन्छु भने । केटीका बाबुले दुलाहाकोे कुरा नसुनी एकोहोरो अहिल्यै नै चाहियो भन्न थाले ।

केटीको बाबुको यस्तो कुरा सुनेर दुलाहा तुरुन्त अदालतमा पुगे । वकिलसँग कुुरा गरेर भर्खर विवाह भएको पत्नीसँग सम्ब’न्ध वि’च्छे’द गरे । दुलाहालाई सबैले सम्झाउन धेरै कोशिश गरेपनि दुलाहा मानेनन्, उनले आफ्नो बे इ ज त भैसकेको भन्दै फेरी विवाह गरेर दोस्रो पटक गल्ती नगर्ने अडि कसे ।

यो विवाहलाई मानिसहरुले धेरै दृष्टिकोणबाट हेरेका छन् कसैले त यो दुनियाकै सबैभन्दा छोटो भएको दाबी गरिरहेका छन् । सांकेतिक तस्वीर

प्रतिक्रिया दिनुहोस