आफू क्यान्सरबाट मर्छु भन्ने डरले ७ वर्षका छोराको हत्या गरेर आत्महत्या !

काठमाडौं। केही समयअघि छोराको हत्या गरेर झुण्डिएर आत्महत्या गरेकी एक महिलाले आफू क्यान्सरबाट मर्छु भन्ने डरले ७ वर्षका छोरालाई बाधटबमा डुबाएर हत्या गरेपछि आत्महत्या गरेको खुलासा भएको छ । यी महिलालाई क्यान्सर सर्जरीका कारण आफू मर्छु किन्न भन्ने अत्यन्तै डर थियो । यही कारण उनले आत्महत्या गरेकी थिइन् ।

रुसमा जन्मिएकी ३५ वर्षकी युलियालाई क्यान्सरका कारण बेचैनी यति बढेको थियो कि उनले आफ्नै ज्यान लिने निर्णय गरिन् । युलियाकी आमाका अनुसार बिहेभन्दा पहिले उनी निकै खुसी र स्वस्थ थिइन् । तर, उनको वैवाहिक सम्बनधमा निकै तनाव थियो । उनको रोगले यो तनावलाई झनै बढाएको थियो । युलियालाई डाक्टरहरुले उनी बाँच्ने सम्भावना ९७ प्रतिशत रहेको बताएका थिए । युलियालाई भने क्यान्सरको डर यतिसम्म थियो कि उनले आफूलाई नबाँच्ने अन्य ३ प्रतिशतमध्येको एक मान्थिन् ।

युलियाकी आमाका अनुसार उनलाई मर्नबाट डर लाग्थ्यो तर उनको स्थिति यति बिग्रियो कि उनले आफैं आत्महत्या गरिन् । युलियाको केही दिनपछि स्तन क्यान्सरको सर्जरी हुँदै थियो । युलियाकी एक मित्रका अनुसार युलियाले आफ्ना श्रीमानसँग डिभोर्स गर्न चाहेकी थिइन् । अप्रिलमा लकडाउनको क्रममा युलियाले छोरालाई लिएर रुस जान चाहेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस