जवान छोराको कं’काल २१ महिनादेखि सम्हालेर राख्ने बुबा

एजेन्सी । एउटा जवान भइसकेको सन्तानको असामयिक निधनले अभिभावकलाई कति सम्म पी डा दिन्छ भन्ने उदाहरण यो तस्बिरमा देख्न सकिन्छ । यि वृद्ध बुवा आफ्ना जवान छोरा गुमाएको पी डामा छन् । उनलाई लाग्छ आफ्ना छोराको कसैले ह त्या गरिदियो ।

२१ महिना अघि निधन भएका आफ्ना छोराको कं का ल संहालेर राखेका छन् । आफ्ना छोराको ह त्या गर्नेलाई कारवाही नहुँदा सम्म कं का ल विसर्जन नगर्ने भन्दै उनले सम्हालेर राखेका हुन् । यो भारतको घटना हो । दैनिक भास्करले लेखेको यो समाचारमा एक बुवाले २१ महिनादेखि आफ्नो जवान छोराको कं का ल घरमै सम्हालेर राखिरहेका छन् । प्रहरीले भने उनको छोराको सामान्य अवस्थामा निधन भएको जनाएको छ । उनको छोराको फाइल समेत बन्द भइसकेको छ ।

तर बुवाले अझै पनि उनको ह त्या नै भएको शंका गर्दैछन् । छोराका ह त्यारालाई सजाय दिलाएर मात्रै छोराको कं का लको अन्त्यष्टि गर्ने बुबाको अडान छ ।

यो घटना भारतको राजस्थानको आबुरोड नजिकैको जामरु गाउँको हो । ति बृद्ध बुवा दिनहुँ आफ्ना छोराको कं का ल सुम्सुम्याउँछन्, मिलाएर राख्छन् । त्यस गाउँ बस्ने हगरा भाई नाम गरेको बुवाले २१ महिनादेखि आफ्नो छोराको कं का ललाई यसरी सम्हालेर राखिरहेका हुन् ।

बुवाले भनेअनुसार नटुभाई नाम गरेको उनका छोरा २७ अगस्ट २०१८ मा घरबाट निक्लेका थिए । ५ सेप्टेम्बर २०१८ मा स डे गलेको अबस्थामा उनको छोराको शव गाउँ बाहिर भेटिएको थियो ।

ती बुवाले हडाद प्रहरी चौकीमा केही शंकास्पद व्यक्तिहरुको विरुद्ध उजुरी दर्ता गरेका थिए । प्रहरीले भने सामान्य प्रकृतिको मृ त्यु भन्दै ती उजुरी माथि अनुसन्धान गर्नुको सट्टा फाईल नै बन्द गरिदिए ।

प्रहरीको अनुसन्धानबाट असन्तुष्ट रहेका ती बुवाले आफ्नो छोराको अन्तिम संस्कार पनि गरेका छैनन् । दोषीलाई कारवाही नहुँदा सम्म छोराको अन्तिम संस्कार नगर्ने भनेर उनले कं का ल राखिरहेका छन् । उनले ती कं का ललाई आफ्नो घरको ट्वाईलेटमा प्लाष्टिकमा पोको पारेर राखेका छन् ।

दैनिक जसो ती बुवाले छोराको कं का ललाई टोकरीमा राख्ने र फेरी प्लाष्टिकमै पोको पार्ने गर्छन् । प्रहरीले भने पोष्टमार्टम रिपोर्टमा ह त्याबाट मृ त्यु नभएको पुष्टि गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस