कुकरमा फ’स्यो बालिकाको टाउको, डाक्टरले पनि निकाल्न नसकेपछि पर्यो फसाद्

एजेन्सी । भारतीय मिडियामा एउटा तस्बिर अहिले सामाजिक सञजालमा निकै भाइरल भएको छ । एउटा सानो बच्चाको टाउको खाना पकाउने कुकुरमा अ’ड्किएको छ । जसलाई निकाल्ने प्रयास गरिदैछ । गुजरात को भावनगर जिले भएको यो घटनाले सबैको ध्यान तानेको छ ।

सो इलाकाकी एब बालिकाको टाउको कुकरमा फ’सेको हो । खाना पकाउने कुकरमा बालिकाको टाउको फ’सेपछि त्यसवाट निकाल्न चिकित्सकलाई पनि निकै मुस्किल भएको समाचार भारतीय मिडिया आजतकले पनि लेखेको छ । बच्चीको टाउको कुकरमा यसरी अ’डियोकी कुनै हालतमा पनि त्यसै निकाल्न सकिएन । ति बालिकालाई अस्पताल लगियो । अस्पतालमा बालिकालाई अक्सिजन समेत लगाएर राख्नुपर्यो । अनि कुकरलाई का टेर बालिकाको टाउको बाहिर निकालिएको छ ।

यो घटना भावनगर को पिरछल्ला स्ट्रेटको हो । बालिकाले खेल्दै गर्दा कुकुरमा आफ्नो टाउको छि’राएकी थिइन् । बालिकाको नाम प्रियांशी बताइएको छ । सुरुमा प्रियांशीको टाउको कुकरवाट निकाल्ने प्रयास परिवारका सदस्यले गरे । तर त्यो सफल भएन अनि चिकित्सकको सहारा लिनु परेको थियो ।

अस्पतालमा सुरुमा चिकित्सकले पनि कुकर निकाल्ने कोशिष गरे । तर चिकित्सक पनि सफल भएनन् । चिकित्सकले बालिकालाई इ’न्जे’क्सन लगाए र कुकर का ट्ने मानिसलाई बोलाए । भाडा बनाउने मानिस अस्पतालमा आएर कुकुर का’टि’दिएपछि मात्र बालिकाको टाउको निकाल्न सफल भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । त्यस क्रममा बालिकाको टाउकोमा सामान्य चोट पनि लागेको छ । बालिकाको टाउकोमा केही सु’जन पनि आएका कारण अहिले ति बालिका चिकित्सकको निगरानीमा छन् ।

परिवारका सदस्यका अनुसार बालिका भान्छा कोठामा खेलिरहेकी थिइन् । परिवारका सदस्यसंग लुकाछिपी खेल्ने क्रममा आफुलाई लुकाउन उनले कुकरभित्र टाउको हालेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस