स्व. सुशान्तकी पूर्वगर्लफ्रेण्ड अङ्किता जन्मदिन यसरी मनाईन,फेरी आइन् चर्चामा !

काठमाडौं । पवित्र रिश्ताकी अभिनेत्री अङ्किता लोखण्डेले शनिबार टेलिभिजन उद्योगका केही साथीहरू, परिवार र प्रेमी विक्की जैनसँग आफ्नो ३६औं जन्मदिन मनाइन् । उनी एक चम्किलो सुनौलो पोशाक र हल्का श्रृंगारमा राम्री देखिएकी थिइन् । उनले उक्त समारोहमा भिडियो इन्स्टाग्राममा सेयर पनि गरेकी छिन् ।

उक्त भिडियोमा जन्मदिनको केक, फूलको गुच्चा, बेलुन, र संगीत पनि समावेश थियो । एक भिडियो साझा गर्दै, अङ्किताले लेखिन्, ‘जन्मदिन समारोह।।सबैलाई धन्यवाद ।’ शनिबार, अभिनेत्रीले आफ्नो जन्मदिन समारोहका केही तस्विरहरू र भिडियोहरू साझा गरेकी थिइन् । त्यसमा उनले रातो फ्लोर डिजाइनको साथ नेभी निलो स्केटर ड्रेस लगाएकी थिइन् । उनले भिडियोलाई क्याप्शन दिइन्, ‘जन्मदिन विशेष।।।

जन्मदिनको शुभकामना ।’ उनले अर्को एक तस्विर साझेदारी गरी ‘शुभकामना र सपनाहरू’ लेखेकी छिन् । करणवीर बोहरा , निशा रावल, आशा नेगी जस्ता धेरै टेलिभिजन स्टारहरूले उनलाई शुभकामना दिएका छन् । स्वर्गिय अभिनेता सुशान्त सिंह राजपूतकी बहिनी श्वेता सिंह कीर्तिले पनि कमेन्टमा शुभकामना व्यक्त गरेकी छिन् ।

श्वेताले मुटु इमोजीको साथ लेखिन्, ‘जन्मदिनको शुभकामना सुन्दर ।’ लोकप्रिय टिभी कार्यक्रम ‘पवित्र रिश्ता’ मा स्क्रिन साझा गरेकी अङ्किता र सुशान्त सँगको सम्बन्धका कारण चर्चामा आएकी थिइन् । उनलाई सुशान्तको पूर्व प्रमिकाको रुपमा चर्चामा ल्याइएको थियो । सुशान्तको मृत्युका समयमा उनले दिएका बयानका कारण पनि चर्चाको विषय बन्न पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस