आकाशबाट छाना छेडेर झरेको सामग्रीले बनायो रातारात करोडपति…

हिन्दीमा एउटा भनाई छ, ‘ऊपरवाला जब भी देता है तो छप्पर फाड़कर देता है ।’यो भनाइ इण्डोनेशियामा भने साबित भएको छ । एक ब्यक्तिको छतबाट करोडौं बराबरको सामाग्री खसेको छ ।

इण्डोनेशिया को उत्तरी सुमात्राको कोलांग निवासी ३३ बर्षिय जोसुआ हुतागलुंगको घरमा आकाशबाट खसेको एउटै चिजले उनलाई करोडपति बनाइदियो । खासमा जोसुआको घरमा एउटा ठुलो उल्कापिण्ड खसेको थियो ।

जसबाट उनले झण्डै १६ करोड पाएका छन् ।उक्त उल्कापिण्डको वजन करीब २.१ किलोग्राम रहेको छ । जो करीब साढे ४ अर्ब पुरानो दुर्लभ उल्कापिण्ड हो । यो खस्दा उनको घरको छाना प्वाल परेको छ । जोसुआ जमीनमा भासिएको उल्का पिण्डलाई खनेर निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस