२०२१ लाई लिएर यस्ता छन् नास्त्रेदमसका भविष्यवाणी, भूकम्पदेखि अनिकालसम्म

फ्रान्समा जन्मिएका माइकल दि नास्त्रेदमसका ४६५ वर्ष पुरानो भविष्यवाणी आजसम्म पनि आम मानिसलाई हैरान गर्नेवाला छन् ।शताब्दीयौं पहिले नास्त्रेदमसले ‘लेस प्रोफेटी’ नामको एक किताब प्रकाशन गरेका थिए । यसमा विश्वमा हुने घटना परिघटनाका बारेमा थुप्रै भविष्यवाणी गरिएको छ । यो किताबको पहिलो संस्करण १५५५ मा आएको थियो । यो किताबमा जम्मा ६३३८ भविष्यवाणी छन् ।

जसमा ७० प्रतिशत सावित भएका पनि छन् उनको भविष्यवाणी छन्दमा परिभाषित छन् । जसलाई क्वाट्रेन भनिन्छ । सन् २०२० मा फैलिएको कोरोना भाइरसको महामारीबारे पनि नास्त्रेदमसको भविष्यवाणीसँग जोडेर हेरिएको छ । यसका साथै कैयौं ऐतिहासिक घटना उनको भविष्यवाणीसँग मेल खाइसकेका छन् ।

२०२१ लाई लिएर नास्त्रेदमसले गरेको भविष्यवाणी कस्ता छन्

जम्बी

नास्त्रेदमसको भविष्यवाणीअनुसार एक रसियन वैज्ञानिक यस्तो जैविक हतियार र भाइरस विकास गर्नेछन् । जसले सबै मानिसलाई जम्बी अर्थात पिसाच बनाउने छ । यसकै कारण मानव प्रजातिकै सर्वनाश हुनेछ ।

अनिकाल
नास्त्रेदमसले अनिकाल, भूकम्प तथा विभिन्न प्रकारका बिरामी र महामारी विश्व अन्त्य हुनु अघिको संकेत भएको बताएका छन् । जस्तै, यस समयमा महामारीले पूरै विश्वलाई चपेटामा पारेकै छ ।

सन् २०२० मा कोरोना भाइरसको महामारीको शुरुवातलाई पनि यसै भविष्यवाणीसँग जोडेर हेरिएको छ । जसले पूरै विश्वलाई हल्लाउने छ । र एक यस्तो अनिकाल हुनेछ जो पहिले कहिल्यै मानिसले देखेका थिएनन् ।
विश्वको जनसंख्यामध्ये एक ठूलो हिस्सा यही अकाल र महामारीबाटै सकिने उनको भविष्यवाणीमा उल्लेख छ ।

सूर्यको अन्त्य
२०२१ मा विश्वभरका प्रमुख घटनाबाट २०२१ निकै महत्वपूर्ण वर्ष हुने नास्त्रेदमसले बताएका छन् । यसबीचमा सूर्यको अन्त्यले पृथ्वी क्षतिग्रस्त हुने बताइएको छ ।

नास्त्रेदमसले एक चेतावनीमा समुद्र सतह बढ्ने र पृथ्वीको तातो पानीको वर्षा हुने पनि बताएका छन् । जलवायू परिवर्तनका कारण यो नोक्सान युद्ध र टकरावको स्थिति पैदा गर्ने उल्लेख गरेका छन् । स्रोत साधनका लागि विश्वमा लडाई हुनेछ र मानिस पलायन हुनेछन् ।

पृथ्वीसँग धुमकेतु ठोक्किने

नास्त्रेदमसले एक एक धुमकेतु पृथ्वीसँग ठोक्किने बताएका छन् । जसले भूकम्प र कैयौं तरिकाका आपत आइलाग्नेछन् । पृथ्वीको कक्षमा प्रवेश गरेपछि एस्टोरोइड जल्न शुरु हुनेछ ।

आकाशमा यो दृश्य ग्रेट फायरजस्तो देखिनेछ । यद्यपि वैज्ञानिकले पनि एक ठूलो धुमकेतु पृत्वीसँग टोक्किने सम्भावना रहेको बताएका छन् । यसपटक बढी गम्भीरताका साथ लिन जरुरी छ ।

किनकी २००९–केएफ १ नामको एक धुमकेतु ६ मे २०२१ मा पृथ्वीसँग ठोक्किने खतरा छ । वैज्ञानिकले यो धुमकेतुको शक्ति हिरोशिमामा अमेरिकाले प्रहार गरेको परमाणु बमभन्दा करिब १५ गुणा बढी हुने बताएका छन् ।

क्यालिफोर्नियाँमा भूकम्प

नास्त्रेदमसको भविष्यवाणीअनुसार एक प्रलयकारी भूकम्पले न्यूवल्र्डलाई खतम पार्ने छ । क्यालिफोर्नियालाई यसको लजिकल प्लेप पनि भनिँदै आएको छ ।जहाँ यो घटना हुने सम्भावना छ । प्राकृतिक विपत्तिलाई लिएर पहिले नै नास्त्रेदमसका भविष्यवाणी सही सावित भएका छन् ।

ब्रेन चिप

​मानवजातिलाई बचाउन अमेरिकी सैनिकलाई कम दिमागी स्तरमा साइबाग्र्स जस्तै परिवर्तन गरिनेछ । यसका लागि ब्रेन चिपको प्रयोग गरिने छ ।यो चिप मानिसको मस्तिस्कको बायोलोजिकल इन्टेलिजेन्सलाई बढाउने काम गर्नेछ । यसको मतलब आर्टिफिसियल इन्टेलिजेन्सलाई पनि मानिसको बुद्धि र शरीरमा सामिल गरिनेछ ।

प्रतिक्रिया दिनुहोस