अमेरिकामा दिमाख खाने भाइरसको संक्रमण

धनगढी: अमेरिकामा एक नयाँ भाइरसको संक्रमणले संकट उत्पन्न गराएको छ। दिमागलाई खाने अमीवाले अमेरिकामा धेरैमो मृत्यु भइसकेको जनाइएको छ। 

दिमाग चट गर्नेवाला यो अमीवा अर्थात नेग्लरिया फाउलेरी सामान्यतया ताल, नदी, तातो झरना र माटो जस्ता तातो ताजा पानी भएको ठाउँमा पाइन्छ। अध्ययन अनुसार यसको संक्रमण भएपछि मृत्यु हुनेगर्दछ। 
रिपोर्टअनुसार यो घातक अमीवाले मस्तिस्क खाने गरेको छ ।

यो अमीवाको वैज्ञानिक नाम नेग्लरिया फाउलेरी हो। चिकित्सकदेखि वैज्ञानिकसम्मले अहिलेसम्म यसबारे एकिन जानकारी हात पार्न सकेका छैनन्। 

अहिले यो अमीवा अमेरिकाको दक्षिणी राज्यहरुमा फैलिरहेको छ। जलवायु परिवर्तन यसको संक्रमणको मुख्य कारण बताइएको छ। 

अमेरिकाको रोग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार यो संक्रमण उत्तरी अमेरिकाका राज्यमा पनि फैलिन सुरु गरेको छ।

वैज्ञानिकले यसबारे चेतावनी जारी गरेका छन्। 

यस्ता छन् लक्षण 
नेग्लेरिया फाउलेरीको संक्रमणको मुख्य लक्षणका रुपमा गम्भीर टाउको दुख्ने, ज्वरो र वान्ता हुने छन्। गर्धन कडा हुनु, मुर्छा पर्नु, मानसिक समस्या र कोमासम्म जानु पनि यो भाइरस संक्रमणको लक्षण हो। -एजेन्सी

प्रतिक्रिया दिनुहोस