नयाँ मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री ओली, आजै मन्त्रीपरिषद्को बैठक

पुष १० काठमाण्डौं । नेकपा विभाजनसगैँ सात जना मन्त्रीले राजीनामा दिएको रिक्त स्थानमा प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुलाई मन्त्री बनाउने तयारी गरेका छन् ।
नयाँ मन्त्री बन्न विभिन्न नेताहरुले पहल गरीरहेको स्रोतले जनाएको छ । यस अघि शिक्षा मन्त्री गिरीराजमणि पोखरेल, उर्जामन्त्री बर्षमान पुन, पर्यटन मन्त्री योगेश भट्टराई, कृषि मन्त्री घनश्याम भुषाल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रम मन्त्री रामेश्वर राय यादवले सामुहिक राजीनामा दिएका थिए ।

ती सबै रिक्त मन्त्रालयमा मन्त्रीहरु नियुक्तिका लागि तयारी भएको ओली समुहका नेताहरुले बताएका छन् ।
पुष ५ मा संसद विघटन पछि आज पहिलो पटक मन्त्रीपरिषद्को बैठक समेत बोलाईएको छ । साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक बोलाईएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस