मुम्बई- सन् २०२० सकिन केही दिन मात्रै बाँकी छ। मानिसहरू नयाँ वर्ष मनाउने तयारीमा जुटिसकेका छन्। आम सर्वसाधारणदेखि ठूला स्टारसम्म नयाँ वर्षको स्वागत गर्न उत्साहित छन्। यो वर्ष सबैका लागि निकै कठिन रह्यो। यस्तो अवस्थामा सबै नयाँ सालको स्वागतमा कुनै कसुर नछोड्न लागिपरेका छन्।
यसैबीच ‘बागी’ गर्ल दिशा पटानीले सोसल मिडियामा आफ्नो नयाँ वर्ष मनाउने योजना सार्वजनिक गरेकी छन्। तर आश्चर्यको कुरा के छ भने नयाँ वर्षमा उनीसँग डेट जाने व्यक्ति प्रेमी टाइगर श्राफ नभएर हलिउड स्टार बेयान्से हुनेछन्। अन्नपुर्ण पोष्टमा खबर छ ।
दिशा र टाइगर बलिउडका फिट र हट जोडी मानिन्छन्। अक्सर दुवैको तस्बिर सार्वजनिक भइरहन्छ। फ्यान पनि दिशा र टाइगरका तस्बिर निकै मन पराउँछन्। तर पनि दिशाको ‘न्यु इयर प्लान’ सुनेर टाइगरका फ्यानलाई भने झट्का लाग्न सक्छ।