ट्याक्सी चालककी छोरी अस्मिताले पाइन स्वीजरल्यान्डमा दुई करोड बराबरको छात्रवृत्ति

मासिक रू एक सयमा नेपालको सस्तो विद्यालय समता स्कुलमा पढ्दै आएकी अस्मिता अधिकारी विश्वको महंगो स्कुलमध्ये एकमा पढ्न पाउने भएकी छन् । संसारको महंगोमध्ये एक र सुविधायुक्क्त आइगलन कलेज स्वीजरल्याण्डमा छात्रवृत्तिमा पढ्न पाउने भएकी हुन् । जोन कर्लेटले १९४९ मा स्थापना गरेको आइगलन विश्वकै विशिष्टमध्येको एक हो ।सानैदेखि तीक्ष्ण बुद्धिकी अस्मिता कक्षा १० मा पढ्दा आइगलन कलेजका संस्थापक प्राध्यापक रिचर्ड म्याकडोनाल्ड नेपालको समता स्कुल आएका थिए ।

नेपालकै न्यून शुल्कमा अध्यापन गराउने स्कुलका संस्थापक उत्तम सञ्जेललाई वर्षमा एकजना विद्यार्थी छात्रवृत्तिमा स्वीजरल्याण्ड लैजाने कुरा गरेका थिए । अस्मिताको पारिवारिक अवस्था न्युन हो । उनका बुबा ट्याक्सी चालक हुन् । उनले ट्याक्सी चलाएर परिवार र दुई छोरीलाई समता स्कुलमा पढाउँदै आएका छन् । अस्मिताका बुबा अमृतले छोरी विश्वकै महँगो कलेजमा छात्रवृत्तिमा पढ्न पाउने भएपछि एकदमै खुसी व्यक्त गरेका छन् । उनी भन्छन्, “ट्याक्सी चलाएरै मैले महँगो कलजेमा पढाउन सक्दैनथे । तर बीचमा यस्तो मौका जुरेको छ ।

छोरीलाई सस्तो स्कुल भनेर समता स्कुलमा पढाएको थिएँ ।” ३.९ जीपीए ल्याएकी उनी १० कक्षामा हुँदा रिचर्ड म्याकडोनाल्डले मौखिक र लिखित परीक्षा लिएका थिए । करिब पाँचसय जनामा लिइएको परीक्षामा धेरैले भविष्यमा पाइलट, डाक्टरलगायत बन्ने भनेका थिए भने अस्मिताले म्युजिक भनिन् । म्याकडोनाल्डले सबैको फरक सोचाइकाबीच आएका मौखिक र लिखित कागज लगेका थिए । त्यसमध्ये अस्मिता छानिएकी हुन् । उनी सो कलेजमा जीसीएसइ पढ्ने भएकी छन् । अस्मितालाई स्वीजरल्याण्ड पढ्न जाने कुरा पहिला नै थाहा थियो ।

तर एकाबिहानै रूटिन अफ नेपाल बन्दमा उनको नाम आएको रहेछ । विश्वको महंगो कलेजमध्येको एक कलेजमा छात्रवृत्तिमा पढ्न पाएकोमा २ करोडको बधाई भनेर । उनले खुसी व्यक्त गर्दै भनिन्, “मैले नेपालमा कानुन विषय पढ्ने सोचेकी थिएँ । तर यस्तो राम्रो मौका पाएकी छु । खुसी छु ।”समता स्कुल तथा फाउन्डेसनले सन् २००० बाट अंग्रेजी माध्यममा नर्सरीदेखि डिग्रीसम्म मासिक सय रुपैयाँमा पढाइ सञ्चालन गर्दै आएको छ । समता स्कुलका संस्थापक उत्तम सञ्जेलले समता स्कुलको बारेमा सबै जानकारी गराउँदा रिचर्ड म्याकडोनाल्ड धेरै खुसी भएका थिए ।

पछि प्रत्यक्ष उनी आफैँ काठमाडौं आएका थिए ।समता स्कुलका संस्थापक उत्तम सञ्जेलले आइगलनमा पढ्दा वार्षिकसहित सबै शुल्क जोड्दा दुईकरोड हुन आउने बताए । “यो समताको सौभाग्य हो अबदेखि बर्षेनी एकजना विद्यार्थी त्यहाँ छात्रबृत्तिमा पढ्न जान पाउँनेछन् । बर्सेनी एकजना विद्यार्थीले त्यस्तो अवसर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस