सङ्कटा देबिको दर्शन गर्दै आज: वि.सं.२०७७ साल पौष ११ गते शनिबार को राशिफल हेर्नुहोस,

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

नयाँ नयाँ कामको प्रश्ताब आउनेछ भने पुराना थाति बसेका कामहरु बन्ने हुनाले काम गर्न जोस जागर बढेर आउनेछ । व्यापार व्यावसायमा मनग्गे आम्दानि हुने हुनाले थप लगानि गर्ने आट आउँनेछ । अध्यन अध्यापनमा सुधार भएर जानेछ भने आफ्नो ज्ञानलाई निखार्ने सकिनेछ । सुन्दर तथा बिलाशिताका सामान प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको मन जित्न सकिने हुनाले पद प्राप्तीको योग बन्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

स्वास्थ्यमा सुधार भएर जाने तथा पुरानो रोगहरु केहि भए अलि बिसेक हुनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ भने बिदेशि भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आर्थिक रुपमा सबल हुँनका लागि चालिएका कदमहरु कमजोर रहने हुँनाले मानशिक तनाब बढ्नेछ भने मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तरपनि प्रयत्न गर्दा बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ । ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरीको गतिलो सम्भावना रहेकोछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

शिक्षित तथा बौद्धिक ब्याक्तित्वहरु सँग सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ । परिवार तथा दिदिबहिनिको माध्याम बाट काम बन्नेछ । व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । माया प्रेममा सामिप्यता बढेर जानुका साथै भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

माया प्रेममा अबिस्वास बढ्ने तथा बिपरित लिङगदेखि टाडै रहनुहोला । पढाई लेखाईमा खर्चिएको समय कम हुँने हुँनाले अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । व्यावसायिक तथा पर्यटकिय यात्रा गर्न सकिने भएपनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न किसिमका बाधा तथा अवरोधहरुको सामना गर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यावसाय फस्टाउनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ । आकस्मिक भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । राजनितिमा जनताको काम गर्न सक्दा पद प्राप्तिको योगलाई नकार्न सकिदैन । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । सवारि साधनको प्रयोग तथा पैदल यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पहिलेदेखि रोकिएर बसेका वा थाति रहेको कामहरु दाजुभाईको सहयोगमा सम्पादन गर्न सकिनेछ । छिमेकि तथा आफन्तको साथ पाईने हुँनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले चाहेजस्तो नतिजा हातलागि हुँने योग रहेकोछ । भाग्यले साथ लिने हुँनाले व्यापार व्यावसायमा थोरै लगानि गर्दापति मनग्गे नाँफा कमाउँन सकिने समय रहेकोछ माया प्रेम तथा प्रणय सम्बन्धमा

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ । धनसम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । आफन्त,साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस