सद्दाम हुसेनको अन्तिम दिनमा रोएका थिए अमेरिकी १२ सुपर सैनिक ! यस्तो छ त्यो दिनको कहानी

इराकका तानाशाह सद्दाम हुसेनको सुरक्षाका लागि गएका १२ अमेरिकी सैनिक उनको पुरा जिन्दगीका अभिन्न मित्र त थिएनन्, तर उनको जिन्दगीको अन्तिम क्षणमा चाहिँ मिल्दो साथी अवश्य थिए । सद्दामको अन्तिम क्षणसम्म साथ दिने ५५१ मिलिट्री पुलिस कम्पनीबाट छानिएका यी सैनिकलाई ‘सुपर ट्वेल्भ’ भनेर बोलाइन्थ्यो ।

यीमध्ये एक विल बार्डेनवर्परले एक पुस्तक ‘द प्रिजनर इन हिज पेलेस, हिज अमेरिकन गार्डस् एण्ड ह्वाट हिस्ट्री लेफ्ट अनसेड’ लेखेका छन् । जसमा उनले सद्दामको सुरक्षा गर्दाताका उनको अन्तिम दिनको विवरण उल्लेख गरेका छन् ।

बार्डेनवर्परका अनुसार जब सद्दामलाई फाँसी दिने व्यक्तिहरुमाझ हस्तान्तरण गरियो, त्यो समयमा सद्दामको सुरक्षामा रहेका सैनिकका आँखामा आँशु थियो । बार्डेनवर्पर आफ्नो एक साथी एडम रोजरसनलाई हवाला दिँदै लेख्छन्, ‘हामीले सद्दामलाई एक मनोविकृत हत्याराका रुपमा कहिल्यै हेरेनौं । हामीले त उनलाई हाम्रो हजुरबुवाको रुपमा देखेका थियौं ।’

सद्दाममाथि आफ्नो १४८ विरोधीको ह’त्याको आदेश दिएको मुद्दा चलेको थियो । उनले इराकी जेलमा आफ्नो अन्तिम दिन अमेरिकी गायिका मेरी जे ब्लाइजको गीत सुन्दै बिताएका थिए । जो आफ्नो खचाडा एक्सरसाइज बाइकमा बस्न रुचाउथे ।

जसलाई उनी ‘पोनी’ भनेर बोलाउथे । उनलाई मिठो खाने ठूलो सोख थियो र उनी जहिल्यै केक खान आतुर हुन्थे । बार्डेनवर्परका अनुसार अन्तिम दिनमा सद्दामको सैनिकहरु प्रति व्यवहार निकै नम्र थियो र उनले आफ्नो समयको क्रुर शासक थिएँ भन्ने अनुभव कसैलाई गराएका थिएनन् ।

सद्दामलाई ‘कोहिबा’ सिगार तान्ने सोख थियो, जसलाई उनी गोलो वाइप्सको बट्टामा राख्दथे । वर्षौ पहिले आफूलाई क्युवाली नेता फिडेल क्यास्ट्रोले सिगार तान्न सिकाएको बताउथे ।

बार्डैनवर्परले पुस्तकमा सद्दामलाई बागबानीको ठूलो सोख रहेको उल्लेख गरेका छन् । त्यहीकारण सद्दाम जेल परिसरमा रहेको ठूला झाडीलाई पनि एक सुन्दर फूलको रुपमा मान्दथे । सद्दाम आफ्नो खानेकुरामा पनि निकै संवेदनशिल थिए । उनी आफ्नो खाना भाग लगाएर खान्थे ।

पहिला अमलेट, त्यसपछि मफिन अनि ताजा फलफूल । यदि गल्तीले उनको अमलेट खस्यो भने उनी खाना खाँदैन थिए । बार्डेनवर्पर एक पटक सद्दामले आफ्नो छोरा उदयको क्रुरताको एक विभत्स किस्सा सुनाएको स्मरण गर्छन् ।

जसकारण सद्दाम रिसले चुर भएका थिए । भएको के थियो भने उदयले एक पार्टीमा गोली चलाएका थिए । जसकारण कैयौं मानिस मरेका थिए भने कैयौं घाइते भएका थिए । यो घटनाबाट चिन्तित बनेका सद्दामले उदयको सबै कारमा आगो लगाउन आदेश दिएका थिए ।

सद्दामको सुरक्षामा रहेका एक अमेरिकी सैनिकले उनलाई आफ्नो भाईको मृत्यु भएको बताएपछि सद्दामले उसलाई अंगालो मारेर ‘आजदेखि तिमी मलाई आफ्नो भाई सम्झ’ भनेका थिए ।

अर्का सैनिकलाई सद्दामले आफूलाई धनको प्रयोग गर्न अनुमति दिएमा उसको छोराको कलेज खर्च तिर्न तयार भएको बताएका थिए । एक रात सबैले एक बीस वर्षका सैनिक डसनलाई एक खराब नापको सुट लगाएर घुमेको देखेका थिए । त्यो डसनलाई सद्दामले आफ्नो सुट उपहारमा दिएको पछि खुलेको थियो । ‘कैयौं दिनसम्म हामी डसनमाथि हाँसिरह्यौं । किनकी उसले सुट लगाएर यसरी हिँडेको थियो कि ऊ कुनै फेसन शोमा क्याटवक गरिरहेको थियो’, उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस