एनएलजी इन्स्योरेन्सको बदमासीः यसरी ठगिदैछन् घर मालिक

काठमाडौं, १३ पुस । ‘एनएलजी इन्स्योरेन्स कम्पनी,तपाईंको भविष्य हाम्रो जिम्मेवारी’ भन्ने नारा दिएर निर्जीवन कम्पनीको रुपमा काम गरीरहेको एनएलजी ईन्स्योरेन्सबाट बीमा गराउदा विभिन्न प्रतिवद्धता र आस्वासन दिए पनि भुक्तानी दिनेबेला भने बिभिन्न बहाना बनाएर भुक्तानि नदिएर घरमालिक ठगिएको पाईएको छ । कम्पिनीले ईटहरीमा आगलागी भएको घरको बीमा दाबी भुक्तानी गर्न अस्वीकार गरेको पाईएको हो ।

३२ वर्षदेखि सञ्चालित पूरानो बीमा कम्पनीले नै घर आगलागीको बीमा दिन नमाने पछि पीडित परिवारले बीमामाथि नै विस्वास गर्न छाडेका छन् ।
२०७६ साल कार्तिक १९ गते ईटहरीका सुरेन्द्र खत्रीको घरमा भाडामा बस्नेहरुबीच आपसी झगडा भई मोहम्मद अन्सारी नामका व्यक्तिले घरमा राखिएको पल्सर बाईकमा आगो लगाएका थिए । सो आगलागी पछि खत्रीले आफ्नो घर र मोटरसाईकलको अवस्थाको बारेमा प्रहरीमा खबर गरे । प्रहरीले घटनास्थलको मुचुल्का तयार पार्यो । क्षति भएको जानकारी दियो ।

घटनामा संलग्न मोहम्मद अन्सारीलाई नियन्त्रणमा लिएर कानुनी कार्बाही अघि बढायो । जस अनुसार ती दोषी अभियुक्त अन्सारी अहिले झुम्का कारागारमा रहेका छन् ।
सोही बमोजिम खत्रीले बाईकको बीमा गरिएको आईएमई जनरल ईन्स्योरेन्समा खबर गरे र घरको बीमा गरिएको एनएलजीमा खबर गरे । सोही बमोजिम ईन्स्योरेन्स कम्पनीहरुले घटनास्थलमा आएर तस्वीर खिचि र विवरण तयार पारे । सो बमोजिम आईएमईले मोटरसाईकलको बीमा बापतको एक लाख ६५ हजार रुपैया भुक्तानी ०७७ साल भदौमा दियो ।

प्रतिक्रिया दिनुहोस