८ घण्टा काम गर्ने श्रीमान १६ घण्टा बढी काम गर्ने श्रीमतीलाई आफुले पाल्नुपर्ने चिन्ता लिन्छन !(पुरा हेर्नुहोस् )

दाहाल – रिपोर्टिङको सिलसिलामा छोटो यात्रामा थियाैं । साथमा थिए एक पुरुष पत्रकार अनि पाँच जना अधिकारकर्मी ।

गाडीमा थियौं । बिहेको सिजन बाटोमा एक विहेको जन्ती भेटिए । त्यसपछि स्वभाविक विहेको कुरा निस्किने नै भयो । टीममा अविवाहित पत्रकार साथी मात्रै थिए । भनें,ल है यो महिना पनि जन्ती नलगी जाला नी !

अब चैं विचार गर्दैछु । स्नातकोत्तर सकें । पत्रकारितामा पनि राम्रै भइरहेको छ । श्रीमती पाल्न सक्छु भन्ने आँट बढेको छ । उनले भने । जिज्ञासा थपें,तीन दशक कट्दासम्म विहे नगरेको श्रीमती पाल्न सक्दिन भनेर पो ?

उनको सहज जवाफ थियो,हो त, अर्काको छोरी ल्याएपछि पाल्न नकिएन भने ! अहिले त महिलाको लागि यत्रा कानूनहरु आएका छन् । विचरा हामी पुरुष !परिआए अहिलेका श्रीमतीले श्रीमानलाई नै पाल्छन्’ मैले थपें ।

एक अधिकारकर्मी दिदीले पनि भन्नुभयो श्रीमती गाई भैंसी हो र पाल्नुपर्ने चिन्ता ?’गाई, भैंसी पनि बिना काम कसले पाल्छ र ! गाई भैंसीले दूध नदिउन् त कलिलो, कलिलो घाँस खोज्न को जान्छ जंगल जंगल ? कसले दिन्छ समय मिलाइ मिलाई दानापानी ? हामीले गाई भैंसी पालेका हैनौं लगानी गरेका हौं ।

तिनीहरुबाट आउने प्रतिफलको आशा गरेर’म अलि चर्किएछु क्यारे । पत्रकार साथी चुप थिए । कुराकानी चल्दै थियो । कार्यक्रम स्थल पुग्यौं । कार्यक्रम सुरु भो, सकियो । घर फर्किएँ । तर, मेरो मनको तरंग भने सेलाउँदै सेलाएन ।

मैले पनि विवाह गरेको छु । दुई सन्तान छन् । तर, श्रीमानले पालिदेलान् भन्ने आशा कहिल्यै गरिन’ । तर, पुरुषलाई विवाह अघि ‘श्रीमती पाल्ने’ आँट’ किन’चाहिने ? हामी महिला’ स्वयं परिश्रमले’ बाँच्न सक्दैनौं’? कि महिलाको’ कमाइको अर्थ’ नै रहँदैन ?

यीनै कुरामा घोत्लिँदै गर्दा झण्डै २० वर्षअघिको आफ्नै घरको स्मृति ताजा भएर आयो । घरमा आमाको तुलनामा बाबा घाँस सोत्तर कुँडो पानीमा कमै सहभागी हुनुहुन्थ्यो । त्यतिबेला खोरमा १८/२० वटा बाख्रा हुन्थे । गोठमा ४/५ वटा दुहुना भैंसी,उहीँ संख्यामा गाई । २ हलसम्म गोरु अनि कुखुराहरु ।

हामी ३/४ वर्षको फरकका ५ जना छोराछोरी । ३ दिदीको विहे भइसकेको थियो । गाउँमा खेतीपाती धान्ने आधार अर्मपर्म नै थियो । पर्ममा आमा नै जानुहुन्थ्यो । दिदीहरु पनि सकेको सघाउनु हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस