कपाल बढाउन चाहानुहुन्छ ? अपनाउनुहोस् यो घरेलु विधी

काठमाडौँ । सबै महिलाहरूलाई आफ्नो कपाल लामो र सुन्दर बनाउन मन पर्छ । तर चाहेर पनि बनाउन सकिरहेका हुँदैनौ । हामीले आफ्नो शरीरमा जुन चिज प्रयोग गर्छौ उसको प्रभाव हाम्रो कपालमा पनि पर्न सक्छ ।

कपाल राम्रो गराउनु भन्दा पनि पहिला झर्न रोक्नु पर्छ । कपाल निकै कम मात्रामा बढ्ने वा बढ्दै नबढ्ने समस्याका कारण धेरै हुन सक्छन् ।जसमध्ये प्रदूषण,अस्वस्थ जीवनशैली, खाना सम्बन्धित नराम्रो बानी र शारीरिक गतिविधि आदि हुन सक्छ ।

कपालको हेरविचार
कपाल धुने तरीका परिर्वतन गर्नेः हप्तामा तीन पटक भन्दा धेरै धुनु हुँदैन । कपाल चिसो वा सहन सक्ने पानीले धुनु पर्छ ।

कपाल बिस्तारै सुकाउनेः कपाललाई टावेलले झटकेर सुकाउनु हुँदैन । कपाल भोएर टावेलले विस्तारै थपथपाएर सुकाउने र हावामा आफै सुक्न दिने ।

कपालमा कडा केमिकल्सको प्रयोग नगर्नेः केही कर्मशियल स्याम्पुमा सल्फेट पाइने हुनाले कपालबाट प्राकृतिक आयल निकाली दिन्छ यसबाट कपाललाई हानी गर्छ । कपाललाई बलियो बनाउन राम्रो स्याम्पुको प्रयोग मात्र गर्ने ।सबै प्राकृतिक हेयरस्टाइलिंग प्रविधि र उत्पादनहरुको प्रयोग गर्नेः हानी नगर्ने सामाग्रीबाट बनाएको हेयर जेलको प्रयोग गर्दा कपाल नष्ट हुँदैन ।

दुई हप्तामा एक पटक कपालमा हेयर मास्क लगाउनेः यसले कपालबाट नमी निक्लिए पछि हुने हानीलाई कम गर्छ । यसको प्रयोगबाट कपाल नरम, मुलायम र स्वस्थ अनुभव हुन्छ ।

बाहीरी प्रदुषणबाट जोगाउनेः लामो समय घाम वा उच्च वायु प्रदुषण हुने स्थानमा जानु पहिले नै कपाल छोप्नुपर्छ ।

कपाल बाक्लो, नरम र कालो होस् भन्ने कसलाई रहर नहोला । कपालले मानिसको सुन्दरताको पनि पहिचान गराउँदछ । कपालले मानिसको व्यक्तित्वका बारेमा अनेकौं सन्देश दिने गर्दछ ।महिलाहरुको लागि त कपाल सुन्दरताको गहना नै भनिन्छ । त्यसकारण हामी सबै सुन्दर, कालो र लामो कपाल चाहन्छौं । तर कतिपयको कपाल एकदमै ढिला बढ्ने समस्याबाट हैरान छन् । केही घरेलु् विधि अपनाएर कपाललाई बढाउन सकिन्छः

-करिब तीन मिनेटसम्म यसरी मसाज गर्नुपर्ने हुन्छ । यस्तो मसाजले टाउकोमा रक्तसञ्चार बढाउँछ र छिटो कपाल बढ्छ ।

– कपालमा लामो समयसम्म तेल लगाउँदा कडा हुने, रङ उड्ने र कमजोर हुनेलगायत समस्या हुन्छ । तर, आयल मसाज भने कपालको स्वास्थ्यका लागि निकै आवश्यक छ । त्यसका लागि नरिवलको तेल प्रयोग गर्न सकिन्छ ।

-सबैभन्दा पहिला एउटा भाँडोमा नरिवलको तेल राख्नुपर्छ । अनि, उक्त तेललाई हल्का तताउनुपर्छ ।

– सो मनतातो तेलले हातको सहायताले कपालमा मसाज गर्नुपर्छ । कपालको जरासम्म पुग्नेगरी सर्कुलर मोसनमा मसाज गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस