यी १८ वर्षीय युवकको पेटमा हुर्किँदैछ ४ महिनाको बच्चा

काठमाडौं । आमा बन्नु हरेक महिलाका लागि सबैभन्दा विशेष पल हुन्छ । किनकी उनको शरीरभित्र उनको आफ्नै अंशको रुपमा नयाँ मान्छे बढिरहेको हुन्छ ।

तर के तपाईंले कहिल्यै कुनै पुरुषले समेत यस्तै मातृत्वको अनुभूति गर्न पाएको देख्नुभएको छ ? सायद छैन होला । किनकी पुरुषहरु आमा बन्न सक्दैनन् ।

तर अमेरिकामा चाहिँ एउटा अनौठो मामिला सार्वजनिक भएको छ । एकजना १८ वर्षीय अमेरिकी युवक गर्भवती भएका छन् । अहिले उनको कोखमा ४ महिनाको भ्रूण हुर्किरहेको छ । ती युवकको गर्भ रहेको तस्वीर पछिल्लो समय सोसल मिडियामा भाइरल बनिरहेको छ ।

उनको नाम मिकी च्यानेल हो । उनी अमेरिकाको बोस्टन सहरमा बस्छन् । उनी पुरुष हुन् तर उनको शरीरमा प्रजनन प्रणालीचाहिँ महिलाको छ । सोही कारण उनले गर्भाधारण गरेका हुन् ।

मिकीको जन्म पुरुषकै रुपमा भएको थियो । उनकी आमाको गर्भको जाँच गर्दा गर्भमा छोरी रहेको डाक्टरहरुले बताएका थिए । तर जब छोराको रुपमा मिकी जन्मिए, डाक्टरसमेत अचम्ममा परे । उनको शरीरमा पुरुषकै यौनांग थिए । तर उनको शरीरभित्र चाहिँ महिलाको जस्तै पाठेघर, अण्डासय लगायतका अंग रहेछन् । यसलाई चिकित्सा भाषामा ‘पर्सिस्टेन्ट एमलेरिएन डक्ट सिन्ड्रोम’ अर्थात् पिएमडिएस भनिन्छ ।

केटाको रुपमा जन्मिए पनि बाल्यकालदेखि नै उनको आनीबानी केटीको जस्तो हुन थाल्यो । आफ्नो जिउडाल, मनोकांक्षा तथा आनीबानीहरु केटीको जस्तो हुँदा उनले आफ्ना साथीसँगी तथा समाजसामु लज्जित महसुस गरेका थिए । तर उनलाई उनको परिवारले पूरा साथ दियो ।

प्रतिक्रिया दिनुहोस