दुई दिन देखि हराएका ५ वर्षका बालकको श’व हजुरबवाको गोठमा गा’डि’एका अवस्थामा फेला

काठमाडौ । धनुषामा एक बालकको श’व गा’डि’एका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको श’व गा’डि’एको अवस्थामा शुक्रवार बिहान फेला परेकोे छ ।

प्रहरी प्रवक्ता मिश्रले बालक दुई दिनदेखि सम्पर्क विहिन भएका थिए । खोजी गर्ने क्रममा बालकको श’व उनकै हजुरबुबा पर्नेको गोठमा गा’डि’एको अवस्थामा फेला परेको बताए ।

मिश्रले भने, ‘प्रारम्भिक अनुसन्धानमा उनको घाँ’टी थि’चे’को गरेको देखिन्छ, शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका छौँ ।

रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढ्छ ।” बालकको श’व फेला परेपछि तत्काल अनुसन्धानका लागि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग सोधपुछ भइरहेको मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस