समुद्र किनारमा अनौठो वस्तु भेटेपछि आमाछोरीले घरमा ल्याए, झण्डै गयो ज्यान !

बेलायतको केन्टमा बस्ने आमा’छोरीले समुद्र किनार घुम्ने क्रममा अनौठो बस्तु भेटेपछि घरमा लिएर आए । उनीहरुले यस’लाई भान्छामा राखेका थिए । भान्छामा त्यो वस्तु विष्फो’ट भयो ।

आमाछोरी भने भाग्यले बचे । खासमा उनीहरुले त्याएको त्यो वस्तु दोस्रो वि’श्वयुद्धमा प्रयोग गरिएको नपड्कि’एको ग्रेनेड थियो । ३८ वर्षकी जोडी क्रुज र उनकी छोरी ८ वर्षकी इसाबेलाले समुद्र किनारमा घुम्ने क्रममा यो वस्तु भेटेका थिए ।

जोडी र इसा’बेलालाई सुरुमा यो कुनै प्रा’चीन जी:वको अवशेष हो जस्तो लागेको थियो । उनीहरुले यो कुनै जनावरको हड्डी हुन सक्ने पनि सोचेका थिए तर उनहिरुलाई यो ८० वर्ष पुरानो ग्रे’नेड होला भन्ने रत्तिभर पनि अनुमान थिएन ।

जोडीले डेली मेल सँगको कुराकानी अनुसार आफूले यो वस्तु के हो भन्ने थाहा होस् भनेर यसको फोटो पुरातत्व विभा’गको वेबसाइट र सामाजिक संजालमा पनि पोस्ट गरेको बता’इन् । धेरैको प्रति’क्रिया पनि आएको थियो तर कसैले पनि यो ग्रेनेड हुन सक्ने बता’एनन् ।

जोडीका अनु’सार त्यो हड्डी’जस्तो थियो र धेरै तौल पनि थिएन । कतैबाट पनि त्यो धातुजस्तो देखिएको थिएन । एक महिलाले यो ह्वेलको बान्ता हुन सक्ने बताउँदै हो कि होइन भन्ने तातो पि’नले घोचे’पछि थाहा हुने बता’एपछि जोडीले त्यसलाई तातो पिनले घोचिन् ।

तर, यसो गर्ना’साथ त्यो वस्तु आगोको गोलामा परिणत भयो । उनले भनिन् ‘मेरी छोरी चिच्याउँदै भागिन् । मैले त्यसलाई समातेर दौ’डिँदै गएर किचनमा फ्याँकिदिएँ जहाँ त्यो वि’ष्फोट भयो ।’ डिसी नेपाल

प्रतिक्रिया दिनुहोस