हाँसेर छुट्टिएको छोरा अर्कैको घरमा मृत भेटिए, सञ्जीवको हत्या भएको हैन भनेर कसरी पत्याउने ?

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का १८ वर्षीय सञ्जीव भण्डारी गत आइतबार (पुस १२ गते) घरबाट निस्किएका थिए ।

सामाजिक कार्यमा बढी सक्रिय हुने सञ्जीवलाई घरबाट निस्कदा आमा राधिका भण्डारीले सोमबार जसरी पनि घर आउन भनेकी थिइन । सोमबार एउटा जग्गाको विवादका बारे कुरा गर्नु थियो ।

तर, सोमबार सञ्जीव घर आएनन् । ‘आज कार्यक्रममा गएर व्यस्त भए । अब भोलि (मंगलबार) मात्रै घर आउँछु,’ सोमबार साँझ फोनमा कुरा हुँदा सञ्जीवले आमा राधिकासँग भनेका थिए ।

मंगलबार बिहान सञ्जीव नपुग्दै उनीबारे एउटा अप्रिय खबर आमा राधिकासम्म आइपुग्यो । पथरी शनिश्चरे नगरपालिका–१० कै युवराज बास्कोटाले मंगलबार बिहान ७ः३० बजेतिर राधिकालाई फोन गरेर जतिसक्दो छिटो आफ्नो घरमा आउन भने ।

सञ्जीव विगत केही महिनादेखि युवराजसँगै हिँडडुल गर्नेदेखि उनकै घरमा बस्ने समेत गर्थे । सोमबार साँझ पनि सञ्जीव युवराजकै घरमा बसेका थिए ।

युवराजले किन आफूलाई बोलाएका होलान् भनेर बुझ्न उनले छोरा सञ्जीवको मोबाइलमा फोन गरिन् । दुईवटै (एनटीसी र एनसेलको) नम्बरमा सम्पर्क गर्दा घण्टी गयो, तर सञ्जीवको फोन उठेन ।

सञ्जीवले फोन नउठाएपछि राधिकाले पुनः युवराजलाई नै फोन गरिन् । ‘त्यो भण्डारी केटो (आफ्नो छोरा सञ्जीव)लाई फोन उठाउन भनि दिनु न । त्यसले मेरो फोन उठाएन, किन होला ?’ राधिकाले युवराजलाई फोनबाटै सोधिन् ।

प्रतिक्रिया दिनुहोस